विश्व रेकर्ड राख्ने लक्ष्यका साथ खिचिएको ‘जालो’को टिजर रिलिज

विश्व रेकर्ड राख्ने लक्ष्यका साथ खिचिएको ‘जालो’को टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । विश्व रेकर्ड राख्ने लक्ष्यका साथ एक सटमा खिचिएको नेपाली फिल्म ‘जालो’को टिजर रिलिज गरिएको छ । लगातार २ घण्टासम्म एकै सटमा खिचिएको फिल्ममा गीत र द्वन्दका दृश्य पनि खिचिएको बताइएको छ ।

चलचित्रले विश्व रेकर्ड राख्नको लागि भने चलचित्र प्रिमियर हुनुपर्ने प्रावधान छ । चलचित्र रिलीज अगावै प्रिमियर गरी विश्व रेकर्ड राखिने बताईएको छ ।  हरी लामाको छायांकन रहने चलचित्रलाई बनिश शाहले सम्पादन गरेका छन् । चलचित्रलाई अराज केशव र मोहित मुनालले संयुक्त निर्माण गरेका छन् ।

अराज केशव निर्देशित ‘जालो’मा अनुपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, प्रकाश श्रेष्ठ, नीर शाह, रेमन दाश श्रेष्ठ, निराजन प्रधान, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहेको छ । फिल्म जेठ १९ मा रिलिज हुनेछ ।

https://youtu.be/a0UL7X6HrE8