पल र पूजाको दुई सिनेमा घोषणा, ‘म यस्तो गीत गाउँछु २’ बन्ने

पल र पूजाको दुई सिनेमा घोषणा, ‘म यस्तो गीत गाउँछु २’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यस वर्षको सुपरहिट सिनेमा ‘म यस्तो गीत गाउँछु’को टिमले नयाँ दुई सिनेमा बनाउने घोषणा गरेका छन् ।

बुधबार निर्देशक सुदर्शन थापाले जन्मदिनको केक काट्दै गर्दा दुई सिनेमाको तयारी थालेको जानकारी दिए । उनका अनुसार माघबाट छायाँकन जाने गरि ‘म यस्तो गीत गाउँछु २’ को तयारी थालिएको बताए । सिनेमामा पल शाह, पूजा शर्मा र सलोन बस्नेतको मुख्य भूमिका रहनेछ ।

सिनेमाको लागि अन्य टिम भने फाइनल भैसकेका छैनन् । त्यस्तै ‘म यस्तो गीत गाउँछु २’ निर्माण पछी अर्को अनटाइटल प्रोजेक्ट पनि पाईपलाइनमा रहेको अभिनेत्री/निर्मात्री पूजा शर्माले जानकारी दिईन । ‘वर्षमा एउटा मात्र सिनेमा गरेर दर्शकको चाहना पुरा नहुने महशुस भएपछी २ वटा सम्म निर्माण गर्ने सोच बनाएका हौ । अर्को प्रोजेक्ट डान्सीङ थिममा निर्माण गर्नेछौ ।’ पूजाले भनिन् ।

अनटाइटल प्रोजेक्टमा पनि पल, पूजा र सलोनकै अभिनय रहनेछ । सिनेमा निर्माणमा पूजाले सुदर्शनसँग सहकार्य गर्नेछिन् । सामिप्यराज तिमल्सिनाको कथा रहने दुवै सिनेमा आगामी वर्ष रिलिज गरिने निर्देशक सुदर्शन थापाले जानकारी दिए ।