सफलताको केक काट्दै ‘इन्टु मिन्टु लण्डनमा’ टिमले घोषणा गर्यो नयाँ सिनेमा

सफलताको केक काट्दै ‘इन्टु मिन्टु लण्डनमा’ टिमले घोषणा गर्यो नयाँ सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गत शुक्रबार रिलिज भएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ले मंगलबारसम्म ३ करोड ३० लाख कमाएको भन्दै यसको निर्माणपक्षले केक काट्दै सेलिव्रेशन गरेको छ । सिनेमाले बम्पर ओपनिङ गरेको र दर्शकको साथ पाएको भन्दै केक काटेर सेलिव्रेशन गरिएको हो ।

काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा सिनेमाकी निर्देशक रेनशा वान्तवा राई, निर्माता प्रज्ज्वल शमशेर जबरा, नायकद्धय धिरज मगर र सारुक ताम्राकारको उपस्थितीमा केक काटेर सेलिव्रेशन गरिएको हो । सिनेमाको विदेशमा पनि डिमाण्ड बढेको भन्दै करिब ८६ लाख रुपैयाँ विदेशबाट आइसकेको यसको निर्माणपक्षले जानकारी दिएको छ । सिनेमाको शो दिनदिनै बढिरहेको भन्दै दोश्रो सातामा पनि सिनेमाले राम्रो कमाई गर्ने विश्वास लिइएको छ ।

यसैविच, आइकोर फिल्म्सले ‘इन्टु मिन्टु लण्डनमा’ सफल भएपछि अर्को सिनेमा पनि घोषणा गरेको छ । आउँदो बर्षको दशैंमा रिलिज गर्ने गरि घोषणा गरिएको सिनेमाको नाम ‘आई एम ट्वान्टी वान’ राखिएको छ ।सिनेमाको बिषयमा अन्य केही जानकारी दिइएको छैन । सिनेमामा नायक धिरज मगरले काम गर्ने पक्का जस्तै भएपनि अहिले नै उनको नाम घोषणा भने गरिएन । सिनेमामा २ नायिका हुने वुझिएको छ । २ नायिका विदेशबाट ल्याउने निर्देशक राइले जानकारी दिइन् । उक्त कार्यक्रममा सिनेमाकी मुख्य पात्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने उपस्थित भइनन् ।