साम्रज्ञी र धिरजको ‘आई एम इन्टु सि इज मिन्टु’ गीत रिलिज (भिडियो)

साम्रज्ञी र धिरजको ‘आई एम इन्टु सि इज मिन्टु’ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आगामी शुक्रबार रिलिज हुने सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’को नयाँ गीत रिलिज गरिएको छ । आई ‘एम इन्टु सि इज मिन्टु…..’ बोलको सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र साम्रज्ञी राज्यलक्ष्मी शाह र डेव्यु नायक धिरज मगरलाई फिचर्ड गरिएको छ । सिनेमाको सार्वजनि गीत संगीतर ट्रेलरबाट दर्शकमाझ एक प्रकारको हाइप बनाइसकेको छ । सिनेमाको स्टार कास्ट र मेकिङ्गको अहिले सिनेमा बजारमा निकै चर्चा भैरहेको छ ।

सार्वजनिक गीतमा सुजिल कमार्चायको शब्द तथा संगीत, केतन क्षेत्री र सुजिल कमार्चायको स्वर छ । भने फिमेल स्वरमा श्रेया सोताङ्गले साथ दिएकी छन् । यहि सिनेमाबाट चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनमा डेव्यु गर्दैछिन् ।आइकोर फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत सिनेमामा रहेको छ ।