‘इन्टु मिन्टु लण्डनमा’ रुचाइयो साम्रज्ञी र धिरजको जोडी

‘इन्टु मिन्टु लण्डनमा’ रुचाइयो साम्रज्ञी र धिरजको जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज ५ गतेबाट रिलिज हुने सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ले सार्वजनिक गीत संगीत र टिजरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । कोरियोग्राफरबाट पहिलो पटक निर्देशक बनेकी छिन् रेनेशा वान्तवा राई । पहिलो सिनेमा उनका लागी विषेश छ, जसले गर्दा सिनेमाले कस्तो व्यापार गर्ने हो, भन्ने डरले रेनेशालाई अहिले देखि सताउन थालेको छ ।

निर्देशक रेनेशाका अनुसार अनले यस पटक सिनेमामा धेरै जोखिम मलेको सुनाउँछिन् । सिनेमाको सार्वजनिक पहिलो गीत ‘उडायो हावाले’ दर्शकबाट पाएको प्रतिक्रियाले रेनेशा निकै खुशी छिन् । रेनेशाका अनुसार आफुले सिनेमाको गीत र टिजर नयाँ च्यानलबाट सार्वजनिक गर्दा धेरैले उनलाई किन यस्तो गरेको समेत भनेका थिए । तर आफुले चुनौती मोलेर सफल भएको बताउँछिन् ।

नयाँ च्यानलबाट सार्वजनिक भएको गीतले केहि दिनमै १० लाख बढि भ्युज बटुल्नुका साथै नेपालको ट्रेन्डिङमा पनि राम्रो स्थानमा रहेको छ । दर्शक प्रतिक्रियाले सिनेमा सफल हुनेमा निर्माण टिम ढुक्क रहेको छ । नव नायक धिरज मगर र साम्रज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई उनले पहिलो पटक पर्दामा उतारेकी छिन् ।

सार्वजनिक गीतमा साम्रज्ञी र धिरजको केमेष्ट्रिलाई विषेश ध्यान दिइएको छ । यो सिनेमामा साम्रज्ञीलाई पहिलो पटक कुर्ता सुरुवालमा प्रस्तुत गरिएको छ । सिनेमामा उनलाई २ प्रकारको भुमिकामा हेर्न पाइने निर्देशक रेनेशा बताउँछिन् । सिनेमामा साम्रज्ञीलाई दर्शकले बोल्ड र सफ्ट दुबै अवतारमा देख्न पाउने निर्माण पक्षको भनाई छ ।