‘इन्टु मिन्टु लण्डनमा’ समावेश पहिलो गीत रिलिज

‘इन्टु मिन्टु लण्डनमा’ समावेश पहिलो गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – कोरियोग्राफर रेनेशा बान्तवा राईले निर्देशन गरेको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ समावेश पहिलो गीत ‘उडायो हावाले’ बोलको पहिलो गीत रिलिज गरिएको छ । रेनेशाले पहिलो पटक ठुलो पर्दाको सिनेमामा निर्देशनमा डेव्यु गर्दैछिन् । आईकोर फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले निर्माण गरेका हुन् ।

सिनेमाको यस अघि सार्वजनिक टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । लण्डनमा छायांकन गरिएको सिनेमाको गीतमा उत्कृष्ट कोरियोग्राफी हेर्न पाइन्छ । सिनेमाका मुख्य पात्र धिरज मगर र साम्रज्ञी राज्यलक्ष्मी शाहलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा साम्रज्ञी र धिरजको रोमान्सलाई विशेष फोकस गरिएको छ ।

सिनेमामा गीतमा हर्कुलश बस्नेतको शब्द तथा संगीत रहेको गीतमा हर्कुलश बस्नेत र निकिता थापाको स्वर छ । ‘इन्टु मिन्टु लण्डनमा’मा शैलेन्द्र डि कार्कीको छायांकन, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

यो सिनेमामा साम्राज्ञी र धिरजका अलवा शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, रुबी राणा, विवेक लिम्बु, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा असोज ५ गतेबाट अलनेपाल रिलिज हुने छ ।