‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल पोस्टर रिलिज

‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज ५ गते रिलिज हुने सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक २ पोस्टरमा सिनेमाका मुख्य पात्रहरु साम्रज्ञी राज्यलक्ष्मी शाह, डेव्यु नायक धिरज मगर, शारुक ताम्राकार, विजय लामा, दील भुषण पाठक, अर्जुन श्रेष्ठ, रुवी राणा शाह, लगायतका कलाकारलाई पोस्टरमा स्थान दिइएको छ ।सिनेमाको सार्वजनिक गीत, संगीत र ट्रेलरले दर्शकमाझ एक प्रकारको हाइप पाइसकेको छ । जसले गर्दा निर्माण टिम सिनेमाले बम्पर इनिसियल व्यापार गर्नेमा ढुक्क देखिन्छ । ‘इन्टु मिन्टु लण्डनमा’ निमार्ण युनिट यतीवेला सिनेकाको व्यापक प्रचार प्रसार गरिरहेको छ । सिनेमाकी डेव्यु निर्देशक रेनेशा वान्तवा राई सिनेमाका मुख्य कलाकारलाई लिएर मोफसलका विभिन्न सहरमा दर्शकसँग साक्षात्कार गर्नुका साथै सिनेमा प्रचार गरिरहेकी छिन् ।

आइकोर फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत सिनेमामा रहेको छ ।