‘इन्टु मिन्टू लण्डनमा’ टिजर रिलिज

‘इन्टु मिन्टू लण्डनमा’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रेनषा वान्तवा राई निर्देशित सिनेमा ‘इन्टु मिन्टू लण्डनमा’को टिजर सार्वजनिक भएको छ । टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु व्वाय धिरज मगरको केमेस्ट्री र लभलाई फोकस्ड गरिएको छ ।

नृत्य कोरियोग्राफीको सफलता पश्चात निर्देशनमा हात हालेकी रेनषाले सिनेमा पूर्णतया प्रेमकथामा निर्माण भएको बताइन । रेनषाले यहिँ प्रोजेक्टका लागि करिब डेढ वर्षसम्म कोरियोग्राफीका अफरहरु नकारेकी छन् । त्यसैले उनि भन्छिन् ‘सिनेमा एकदमै राम्रो बनाएका छौँ ।’

करिब नेपालमा ३५ र ६५ प्रतिशत लण्डनमा छायाँकन गरिएको सिनेमालाई आई कोर फिल्मस्को व्यानरमा प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

निर्देशक रेनषा र निर्माता प्रज्ज्वल समशेरको कथा रहेको सिनेमामा शारुक ताम्राकारको पनि मुख्य भूमिका छ । सिनेमा अशोज ५ मा रिलिज हुँदैछ ।

सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनषा रहेका छन् । भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

The Cinema Times TV