‘इन्टु मिन्टु लण्डनमा’ फस्ट लुक सार्वजनिक

‘इन्टु मिन्टु लण्डनमा’ फस्ट लुक सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरियोग्राफर रेनषा वान्तवा राईले पहिलो पटक निर्देशकीय पाटो सम्हालेको सिनेमा ‘इन्टु मिन्टु लन्डनमा’को ७५ प्रतिशत छायाँकन पुरा भएको छ ।

नेपालको सबै र युके छायाँकनको पहिलो तालिका पुरा हुँदा निर्माण टिमले सिनेमाको फस्टलुक स्वरूप मुख्य कलाकार सहितको तस्विरहरु सार्वजनिक गरेको छ । जहाँ साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर फिचर्ड छन् ।

सिनेमाको बाँकी २५ प्रतिशत, बसन्त ऋतुको अवसर पारेर चैत/बैशाखमा युकेमै छायाँकन गरिनेछ । पहिलो तालिका अन्तर्गत डिसेम्बरमा युके ‘फेस्टिभ’ सिनहरु सिनेमामा खिचिएको छ । सिनेमामा युकेका थुप्रै रमणीय दृश्यहरु पनि कैद गरिएको निर्माण टिमले बताएको छ ।

प्रज्ज्वल समशेर जबरा र रेनषाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा सरुक ताम्राकारको पनि मुख्य भूमिका छ । यसै वर्ष प्रदर्शनमा आएको ‘रानी’बाट सरुकले अभिनयमा डेब्यु गरेका थिए । आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनषा रहेका छन् । भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।