‘इन्टु मिन्टु लण्डनमा’को बम्पर सुरुवात, हलमा देखियो साम्राज्ञी र धिरजको क्रेज

‘इन्टु मिन्टु लण्डनमा’को बम्पर सुरुवात, हलमा देखियो साम्राज्ञी र धिरजको क्रेज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – शुक्रबारदेखि रिलिज भएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ले बम्पर ओपनिङको सुरुवात गरेको छ । शुक्रबार नै आक्रामक व्यापार गरेको सिनेमाले शनिबार देशभरका सिनेमा घरमा बम्पर कारोवार गरेको छ । शुक्रबार र शनिबारको व्यापारले सिनेमा इनिसियल व्यापारमा रुपमा सफल भएको मान्न सकिन्छ वितरक बताउँछन् । आइतबारदेखिको सिनेमाको व्यापार कस्तो हुन्छ यसले सिनेमाले लगानी सुरक्षीत गर्ने नगर्ने बताउँछ ।

रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, सारुक ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ । शुक्रबार सिनेमाले ६० लाख हारहारीको व्यापार गरेको वुझिएको छ । भने शनिबार सिनेमाको व्यापार १ करोड आसपासमा हुने आँकलन गरिएको छ । शनिबार देशैभरका मल्टिप्लेक्स र सिंगल हल हाउफूल रहेको निर्माण टिमले बताएको छ।

काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको भिड देखियो भने सिंगल हलमा पनि उस्तै क्रेज देखिएको थियो । काठमण्डौ बाहिरका पोखरा, चितवन, इटहरी, धराना, विर्तामोड, दमक, वुटवल, नेपालगञ्ज लगायतका स्टेशनमा सिनेमा हेर्न दर्शक ओइरिएका थिए ।

चितवनमा मात्र शनिबार सिनेमाले १० लाख आसपासमा व्यापार गर्ने पत्रकार रवि अधिकारीले फेसबुकमा जानकारी दिएका छन् । शनिबार सिनेमाका मुख्य कलाकार र निर्देशक विभिन्न हलमा पुगेका थिए । काठमाण्डौको गोपिकृष्ण हलमा साम्राज्ञी, धिरज, सारुक र रेनशा पुग्दा दर्शक सेल्फीमा रमाए ।

हलमा साम्राज्ञी र धिरजको क्रेज राम्रो देखियो । यूवतीहरुमा धिरज लोकप्रिय देखिएका थिए । पहिलो सिनेमाबाट नै धिरजले संभावना देखाएका छन् । साढे २ करोड माथिको लगानीमा बनेको यो सिनेमाले दुई दिनमा डेढ करोड माथिको कलेक्शन गर्ने देखिएको छ ।