इनास अवार्ड: विपिन, सिर्जना र ‘जात्रा’ उत्कृष्ट, ‘छक्का पन्जा’लाई सर्वाधिक

इनास अवार्ड: विपिन, सिर्जना र ‘जात्रा’ उत्कृष्ट, ‘छक्का पन्जा’लाई सर्वाधिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्षका प्राय सबै अवार्डमा उत्कृष्ट ठहरिएका अभिनेता विपिन कार्की ‘पाँचौ इनास फिल्मी अवार्ड’मा पनि उत्कृष्ट बनेका छन् ।

शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा भएको समारोहमा विपिनले जात्राबाट पुन: अवार्ड आफ्नो पोल्टामा पारे । त्यस्तै ‘डाईङ क्यान्डल’बाट सिर्जना सुब्बाले उत्कृष्ट अभिनेत्री अवार्ड जित्दा ‘जात्रा’ उत्कृष्ट सिनेमा ठहरियो । ‘वीर विक्रम’बाट उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले जिते ।

एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख अतिथ्यतामा सम्पन्न अवार्डमा हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । त्यस्तै कला क्षेत्रमा योगदान पुर्याएका बरिष्ठ व्यक्तिहरुलाई ‘इनास विशिष्ट सम्मान’बाट सम्मानित पनि गरियो । सम्मानित हुनेहरुमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, निर्देशक तथा गीतकार चेतन कार्की,  नृत्यांगना विमला श्रेष्ठ रहेका थिए । रेडियो अडियोका अमितचन्द अधिकारीलाई ‘इनास सम्मान’ प्रदान गरियो ।

२० विधामा वितरण गरिएको अवार्डमा जुरी अन्तर्गत उत्कृष्ट सिनेमामा ‘घामपानी’ र उत्कृष्ट निर्देशकमा दिपेन्द्र खनाललाई अवार्ड प्रदान गरियो । यस्तै, सिनेमा ‘तुइमति’, ‘दर्पणछाया २’, ‘नमस्ते नेपाल’ र ‘फन्को’लाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरियो ।

अवार्ड विजेताहरुको पूर्ण सुची:-

१) उत्कृष्ट चलचित्रः जात्रा
२. उत्कृष्ट निर्देशकः मिलन चाम्स(विर विक्रम)
३. उत्कृष्ट नायकः विपिन कार्की(जात्रा)
४. उत्कृष्ट नायिकाः श्रृजना सुब्बा(डाइङ क्यान्डल)
५. उत्कृष्ट सह–अभिनेताः माओत्से गुरुङ(पुरानो डुङ्गा)
६. उत्कृष्ट सह–अभिनेत्रीः बर्षा राउत(छक्का पन्जा)
७. उत्कृष्ट नव–अभिनेताः सुरज खड्का(लभ लभ लभ)
८. उत्कृष्ट नव–अभिनेत्रीः दिया पुन(विर विक्रम)
९. उत्कृष्ट नव–निर्देशकः दीपाश्री निरौला(छक्का पन्जा)
१०. उत्कृष्ट खलपात्रः सौगात मल्ल(लूट २)
११. उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे( छक्का पन्जा)
१२. उत्कृष्ट पटकथाः दीपेन्द्र लामा( घामपानी)
१३. उत्कृष्ट पाश्र्व गायकः ताराप्रकाश लिम्बु( विर विक्रम)
१४. उत्कृष्ट पाश्र्व गायिकाः अन्जु पन्त(छक्का पन्जा)
१५. उत्कृष्ट संगीतकारः राजनराज सिवाकोटी(छक्का पन्जा)
१६. उत्कृष्ट शब्दः दयाराम पाण्डे(पलाँस)
१७. उत्कृष्ट छायांकनः रविन आचार्य र दिवांकर सिग्देल(डाइङ क्यान्डल)
१८. उत्कृष्ट सम्पादनः मित्र गुरुङ( जात्रा)
१९. उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज(छक्का पन्जा)
२०. उत्कृष्ट द्धन्द्ध निर्देशकः राजकुमार उप्रेती(लुट २)