‘राधाकृष्ण’को प्रेमकथामा सिनेमा बनाउँदै इम्तियाज अलि !

‘राधाकृष्ण’को प्रेमकथामा सिनेमा बनाउँदै इम्तियाज अलि !

द सिनेमा टाइम्स
0
Shares

पछिल्लो समय बलिउडमा ऐतिहासिक प्रेम जोडीको कथामा सिनेमा निर्माण हुने प्रचलन बढ्दै गएको छ ।लैला मजंनुको कथामा आधारित सिनेमा निर्माण गरेका इम्तियाज अलिले आफ्नो आगामी सिनेमा ‘कृष्ण र राधा’को प्रेमकथामाथि हुने घोषणा गरेका छन्।

‘म राधाकृष्णको अमर प्रेमकथाप्रति सँधै आकर्षित रहँदै आएको छ’। भारतीय लोक कथाहरूमा यो जत्तिको व्यक्तिगत तथा पौराणिक स्तरको प्रेमकथाको ज्ञान मलाई छैन् । ‘मलाई राधाकृष्णको संसार प्रवेश गर्नु एउटा सपनाजस्तो लाग्दै आएको छ’, उनले भने।

सिनेमामा उनी निर्देशक तथा सह निर्माताको रूपमा रहनेछन् । उनी निर्देशित ‘रकस्टार’, ‘जब वी मेट’, ‘हाइवे’ र ‘तमाशा’ दर्शकलाई मनपरेका सिनेमा हुन् । हाल लैला मंजनुको प्रचारमा व्यस्त रहेका इम्तियाजको राधाकृष्णको पौराणिक प्रेमकथामाथि सिनेमा बनाउने घोषणाले दर्शकको ध्यान आकर्षित गर्नेमा दुईमत छैन्।