इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपालको फिक्सन कम्पिटिसनमा ‘कालो पोथी’ र ‘छायाँ’

इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपालको फिक्सन कम्पिटिसनमा ‘कालो पोथी’ र ‘छायाँ’

द सिनेमा टाइम्स
0
Shares

पुष २७ देखि माघ २ गतेसम्म धरानमा आयोजना हुने ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७ (इफोन)मा ‘इन्टरनेशलन फिक्सन फिल्म फुल लेन्थ कम्पिटिसन’ अन्तर्गत दुई नेपाली फिल्महरु छानिएका छन् ।

उक्त विधामा सहभागी नेपाली कुल ८ फिक्सन फिल्म मध्य मिन बहादुर भाम निर्देशित ‘कालो पोथी’ र मनोज पण्डित निर्देशित ‘छाया’ मात्र छानिएका हुन् । उक्त विधामा विभिन्न ६ ओटा देशका नौ ओटा फिल्म सहभागी हुदैछन । नेपालका ‘कालो पाथी’ र ‘छाया’ संगै भारतको ‘हाफ टिकट’ र ‘लेडी अफ द लेक’, बंगलादेशबाट ‘इन्नर साउन्ड’ र ‘जर्नी टु रुट’, यस्तै जर्मनबाट ‘सि–ओ–से–पोल’, क्युबाबाट ‘होटल न्युभाइस्ला’ र रुसबाट ‘स्टेपी गेम्स्’ छानिएका छन् ।

यी छानिएका प्राय फिल्महरु अन्तराष्ट्रिय फिल्म महोत्सबहरुमा अवार्डडेड फिल्महरु हुन् । फेस्टिवल निर्देशक केपी पाठकका अनुसार फिक्सनमा उत्कृष्ट हुने फिल्मले एक हजार अमेरिकी डलर सहित गौतम बुद्ध अवार्ड प्राप्त गर्नेछ ।