आइफामा साहिद र आलिया उत्कृष्ट !

आइफामा साहिद र आलिया उत्कृष्ट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड सिनेमा क्षेत्रमा पहिचान बनाउँन सफल ‘आइफा अवार्ड’को १८औं संस्करण सम्पन्न भएको छ । १८औं संस्करणका लागि साहिद कपूर र आलिया भट्टले सिनेमा ‘उड्ता पंजाव’बाट उत्कृष्ट अभिनेता/अभिनेत्रीको अवार्ड हात पारे ।

यो वर्षका प्राय जसो अवार्डमा अमिताभ बच्चनले ‘पिंक’बाट उत्कृष्ट अभिनेताको अवार्ड आफ्नो पोल्टामा पार्दै आईरहेका बेला आइफामा भने साहिदले अमिताभलाई उछिन्न्न सफल भए ।

त्यस्तै ‘उड्ता पंजाव’बाटै गायक दिलजित दोसँझले नव-अभिनेताको अवार्ड पाउँदा ‘एम एस धोनी’बाट दिशा पटानीले नव-अभिनेत्रीको अवार्ड उचालिन । उत्कृष्ट निर्देशकको अवार्ड ‘पिंक’बाट अनिरुद्ध रोय चौधरीले उठाए । उत्कृष्ट कथामा ‘कपूर एण्ड सँस’ले अवार्ड पाउँदा उत्कृष्ट सिनेमा ‘निरजा’ घोषित भयो ।

सह-अभिनेत्रीको अवार्ड अज्मी सबानाले ‘निरजा’बाट उचालिन । त्यस्तै सह-अभिनेता अनुपम खेर ‘एम एस धोनी’बाट आफ्नो पोल्टामा अवार्ड पारे ।