कति छ केकीको ‘ठेकीमा दही’ ?

कति छ केकीको ‘ठेकीमा दही’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – डार्क कमेडी सिनेमा ‘हुर्रे’को टाइटल सहितको गीत सार्वजनिक भएको छ । ‘ठेकीमा दही…’ बोलको गीतमा केकी अधिकारी, अंकीत खड्का र राजाराम पौडेलले कम्मर मर्काएका छन् ।

अहिलेका लोकप्रिय संगीतकार राजनराज सिवाकोटीको स्वर/संगीत रहेको गीतमा मिलन आमात्यले पनि स्वरमा सहकार्य गरेकी छन् । गीतमा राजेन्द्र थापाको शब्द, विक्रम स्वारको कोरियोग्राफी छ ।

फागुन २५ गते रिलिज हुने सिनेमालाई स्क्रिप्ट राइटर यम थापाले निर्देशन गरेका हुन् । यमको यो दोस्रो निर्देशकीय सिनेमा हो । उनको डेब्यु सिनेमा ‘राज्जा रानी’ पुष २१ मा प्रदर्शन हुदैछ । गीतमा फिचरिङ कलाकारका अलावा सिनेमामा अनुपविक्रम शाही, प्रकाश घिमिरे, विजय बराल, संगीता नापीत, उपदेश तिमल्सेना लगायतका कलाकारको पनि अभिनय छ ।

द याक्का इन्टरटेनमन्टको प्रस्तुतीमा निर्माण हुन लागेको सिनेमाका प्रस्तुतकर्ता दावा शेर्पा हुन् । सिनेमाको निर्मातामा सोनम लामा व्लोन र  छिरिङ दोर्जे लामा छन् ।