‘हुर्रे’: केकीसँग यमको दोस्रो सहकार्य !

‘हुर्रे’: केकीसँग यमको दोस्रो सहकार्य !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । स्क्रिप्ट राईटर  यम थापाले नयाँ सिनेमा ‘हुर्रे’ निर्देशनको घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रमका बीच गरिएको घोषणामा सिनेमाले आफ्नो कास्ट एण्ड क्रिउ सार्वजनिक गर्यो ।

सिनेमामा यमले अभिनेत्री केकी अधिकारीलाई दोहर्याएका छन् । यसअघि यमको ‘राज्जा रानी’मा केकीले अभिनय गरिसकेकी छन् । केकीका अलावा सिनेमामा अनुपविक्रम शाही, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापीत, उपदेश तिमल्सेनाको अभिनय रहनेछ ।

डार्क कमेडी जनरामा बन्ने सिनेमा सिनेमाको कथा निर्देशक स्वयम्ले लेखेका हुन् । भदौ दोस्रो साताबाट छायाँकनमा उत्रिने सिनेमालाई शिव ढकालले खिच्नेछन । ‘हुर्रे’मा कालीप्रसाद बाँस्कोटा/राजनराज सिवाकोटीको संगीत, विक्रम स्वारको नृत्य र शन भट्टराईको द्धन्द्ध रहनेछ ।

द याक्का इन्टरटेनमन्टको प्रस्तुतीमा निर्माण हुन लागेको सिनेमाका प्रस्तुतकर्ता दावा शेर्पा हुन् । सिनेमाको निर्मातामा सोनम लामा व्लोन र  छिरिङ दोर्जे लामा छन् ।