RIP: निर्देशक निलु डोमा शेर्पाको असामयिक निधन !

RIP: निर्देशक निलु डोमा शेर्पाको असामयिक निधन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाली सिनेमा ‘हाउ फन्नी’ निर्देशक निलु डोमा शेर्पाको असामयिक निधन भएको छ । स्रोतका अनुसार निलुलाई हृदयघात पछी टिचिङ अस्पताल पुर्याइएको थियो ।

निलुको निधनको बारे अस्पतालको रिपोर्ट आईसकेको छैन । गत वर्ष ‘हाउ फन्नी’ निर्देशन गरेर निलु महिला निर्देशकको सुचीमा समावेश भएकी थिइन् । ‘पुन्टे परेड’ सिनेमामा अभिनय समेत गरेकी निलु दोस्रो सिनेमा निर्देशन गर्ने तयारीमा रहेको स्रोत बताउँछ ।

निर्देशक शेर्पाको पार्थिव शरीरलाई हाल महाराजगंजस्थित टिचिङ अस्पतालमा राखिएको छ । निलुको निधनले अहिले सिंगो सिने क्षेत्रनै स्तब्ध बनेको छ । उनको मृत आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धाञ्जली !