करोडपतिबाट रोडपति बनेका हलिउड स्टारहरु

करोडपतिबाट रोडपति बनेका हलिउड स्टारहरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विदेशीहरू ‘मनी इज अ फनी थिङ’ भन्छन् । जति कमाए पनि नपुग्ने । टन्नै कमाए पनि रहिनरहने † होस पुर्‍याउन जानिएन भने करोडपतिहरू रोडपति बन्न सक्छन् । केही सेलेब्रिटीका कथा यस्तै छन् । प्रशस्त नाम र दाम कमाएकाहरू जीवनको एक मोडमा ऋणी बनेका छन् ।

कोही त अझै ऋण चुक्ता गर्दै छन् । सूचीमा छन्– अमेरिकी अभिनेत्री लिन्ड्से लोहान, पमेला एन्डरसन, बक्सर माइक टाइसन, अभिनेता डन जोनसन, गायिका टोनी ब्राक्सटन लगायत ।

तीन वर्षको छँदादेखि अभिनयमा लागेकी लिन्ड्से अभिनेत्रीका रूपमा सधैं सफल रहिन् । उनी अभिनीत ‘द प्यारेन्ट ट्रयाप’, ‘फ्रिकी फ्राइडे’, ‘मिन गर्ल’ जस्ता फिल्म क्रिटिकल्ली र कमर्सियल्ली पनि राम्रा मानिए । तर, बिस्तारै उनका गतिविधि यस्ता भइदिए कि अभिनयभन्दा अड्डा–अदालत, मुद्दा–मामिला, झयालखाना र सुधार केन्द्रतिर समय बढी बित्न थाल्यो ।

कुनै बेलाकी ‘टिन सेन्सेसन’ लिन्ड्से सन् २००७ देखि समस्याको भुमरीमा परिन् । ड्रग, अल्कोहल र भोजभतेरले उनलाई नराम्ररी डुबाए । त्यसबाट बाहिर निस्किन खोज्दा उल्टै ऋणमाथि ऋण थपियो । साथीभाइको सहयोगले धानेन । कहिलेकाहीँ कार्यक्रमहरू पनि गरिन् । त्यसबाट केही भरगेथ भयो । तर, पुरानो छवि फिर्ता आएन । गायिका एवं अभिनेत्री कर्टनी लभको कथा पनि उस्तै छ । सन् २००९ मा कर्टनी ऋणमा डुबेकी थिइन् । ड्रगले उनलाई कानुनी उल्झनमा पारिदिएको थियो ।

सुपरस्टार बक्सर माइक टाइसनलाई त हिरोबाट जिरोमा झरेका खेलाडीका रूपमै चित्रण गर्ने गरिन्छ । सेलेब्रिटी नेटवर्थका अनुसार कुनै बेला उनको कमाइ ३ सय मिलियन अमेरिकी थियो । त्यो रकम घटेर तीन मिलियनमा झर्नुको पछाडि उनको दाम्पत्य जीवनमा आइपरेको किचलोदेखि बलात्कारको घटनासम्म पर्छन् । श्रीमतीसँग छुट्टिएको केही सयमपछि उनी बलात्कार पुष्टि भएर जेल परेका थिए । जेलबाट निस्किएपछि उनले बक्सिङ रिङमा प्रतिस्पर्धीको कान टोकेर तहल्का मच्चाए ।

‘म भिखारी भएको छु,’ माइक एकताका मिडियासँग भन्थे, ‘बस्ने ठाउँ छैन, खाने चीज छैन । साथीहरूसँग हात फैलाउनुपरेको छ । शरणार्थी शिविरमा बसिरहेको छु ।’ सुखमा मातियो भने केसम्म हुन सक्छ भन्नेबारे माइकको जिन्दगी गतिलो पाठ बन्न सक्ने न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । ‘मायमी भाइस’ फिल्मका लागि गोल्डेन ग्लोब अवार्ड जितेका डन जोनसन चाहिँ चार पटक ‘ब्यांकरप्सी’ मा परेका थिए । छोरी डाकोटाले उनको ऋण चुक्ता गर्न थालेको बताइन्छ ।

सन् १९९० को दशकमा औधि चर्चा कमाएकी गायिका टोनी ब्राक्सटनलाई गीतको रोयल्टीले धान्न सकेन । उनको जीवनशैली साह्रै महँगो बन्न थाल्यो । अन्तत: सन् १९९८ मा उनले ब्यांकरप्सीको केस दर्ता गरेको समाचार सुन्नमा आयो । ‘घर सजावटका लागि उनले गर्ने खर्च असामान्य हुने गथ्र्यो,’ चिटसिट डटकमले लेखेको छ, ‘त्यही बानीले उनलाई खाली हात बनाइदियो ।’ गायक एवं र्‍यापर फिफ्टी सेन्ट पनि खर्चालु गतिविधिका कारण ब्यांकरप्ट बने ।

साभार: कान्तिपुर दैनिक