बक्सअफिस: विश्वका टप १० सिनेमा

बक्सअफिस: विश्वका टप १० सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष २०१७ मा विश्वव्यापी सर्वाधिक कमाई गर्ने सिनेमा कुन बन्यो ? आज सर्वाधिक कमाउने विश्वका १० सिनेमाको बारेमा चर्चा गर्नेछौ । जसले मनग्य आम्दानि गरे ।

ब्युटी एण्ड द बिस्ट:

यो वर्षको सर्वाधिक ग्रसर ‘ब्युटी एण्ड द बिस्ट’ हो । विश्वव्यापी ४२१० पर्दामा रिलिज भएको सिनेमाले १ बिलियन, २६३ मिलियन डलर ग्रस गर्न सफल भयो । बिल कन्डन निर्देशित सिनेमा १ सय ६० मिलियन डलरमा निर्माण भएको थियो ।

द फेट अफ द फ्युरिएस:

सर्वाधिक ग्रसरको दोस्रो नम्बरमा ‘द फेट अफ द फ्युरिएस’ १ बिलियन, २३५ मिलियन डलरका साथ छ । एफ, ग्यारी ग्रे निर्देशित सिनेमा २ सय ५० मिलियन डलरमा निर्माण भएको हो ।

स्टार वार्स: द लास्ट जेडी:

डिसेम्बर १५ मा रिलिज भएको सिनेमाले बक्सअफिसमा धमाल मच्चाईरहेको छ । सिनेमाले तेस्रो सातासम्म १ बिलियन ५६ मिलियन डलर ग्रस कमाईसकेको छ । रियन जोनसन निर्देशित सिनेमा २०१७ को सर्वाधिक ग्रसर बन्न सक्छ । यो पहिलो नम्बरको ‘ब्युटी एण्ड द बिस्ट’ भन्दा २ सय ७ मिलियन पछाडी छ । यसको बजेट २ सय मिलियन डलर हो ।

डीस्पेकेबल मि ३:

चौथों नम्बरमा रहेको ‘डीस्पेकेबल मि ३’को १ बिलियन, ३१ मिलियन ग्रस छ । क्यैल बाल्डा, पियर कफिन र एरिक गिलेन संयुक्त निर्देशित सिनेमाको बजेट ८० मिलियन छ ।

स्पाइडर म्यान- होमकमिङ:

८ सय ८० मिलियन डलर ग्रसका साथ ‘स्पाइडर म्यान- होमकमिङ’ पाँचौ नम्बरमा छ । जोन वाट्स निर्देशित सिनेमा १ सय ७५ मिलियन डलरमा निर्माण भएको हो ।

उल्फ वारियर २:

चाइनिज सिनेमा ‘उल्फ वारियर २’ ८ सय ७० मिलियन डलर कमाईका साथ छैटौं नम्बरमा छ । यसको बजेट ३०.१ मिलियन डलर छ ।

गार्डीइन्स अफ द ग्यालक्सी भोल्युम २:

‘गार्डीइन्स अफ द ग्यालक्सी भोल्युम २ले विश्वव्यापी ८ सय ३० मिलियन डलर कमाई गर्यो । २ सय मिलियन डलरमा निर्माण भएको सिनेमाका निर्देशक जेम्स गन हुन् ।

थोर: र्याग्नरोक:

सुचीको आठौँ नम्बरमा ‘थोर: र्याग्नरोक छ । यसको कलेक्सन ८ सय ४८ मिलियन डलर छ । १ सय ८० मिलियन डलरमा निर्माण भएको सिनेमालाई तैका वाईटिटीले निर्देशन गरेका हुन् । प्रदर्शनरत भएकाले ‘थोर: र्याग्नरोक’ अघिल्लो नम्बरमा पनि चढ्न सक्छ ।

वण्डर वमन:

सुचीको नवौं नम्बरमा १ सय ४९ मिलियन डलरमा निर्मित ‘वण्डर वमन’ छ । प्याटी ज्यान्किंस निर्देशित सिनेमाले विश्वव्यापी ८ सय २१ मिलियन डलर कमाउँन सफल भयो ।

पाईराइट्स अफ द क्यारेबियन: डेड मेन टेल नो टेल्स:

त्यस्तै दशौँ नम्बरमा ७ सय ९४ मिलियन डलर कमाई गरेको ‘पाईराइट्स अफ द क्यारेबियन: डेड मेन टेल नो टेल्स’ छ । २ सय ३० मिलियन डलरमा निर्माण भएको सिनेमालाई जोकिम रोनिङ र एसपेन स्यानबर्गले निर्देशन गरेका हुन् ।

२०१७ को अन्तिम साता नेपाल रिलिज भएको ‘जुमांजी: वेलकम टु द जंगल’ले अहिलेसम्म विश्वव्यापी ३ सय ३९ मिलियन डलर कमाईसकेको छ । यो अमेरिकामा भने २० डिसेम्बरमै प्रदर्शनमा आएको थियो । यसको बजेट जम्मा ९० मिलियन डलर छ ।