‘हिटलर’ नामले सामाजिक संजालमा समस्या !

‘हिटलर’ नामले सामाजिक संजालमा समस्या !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ | सामाजिक संजाल पछिल्लो समय फिल्म प्रचारप्रसारका लागि उपयुक्त माध्यम हो । फेसबुक, ट्वीटर, युट्युब लगाएतका संजालबाट आजभोलि सार्वजनिक हुने फिल्मको प्रचार सितैमा जस्तै हुने गरेको छ । त्यसैले सामाजिक संजाल फिल्मकर्मीका पहिलो रोजाईमा पर्छन ।

तर,  फिल्म ‘हिटलर’ सामाजिक संजालकै कारण समस्यामा परेको छ । फिल्मको ‘हिटलर’ राख्दा यसको निर्माणपक्षले फेसबुक र युटुबबाट भने समस्या भोगिरहेको छ ।अंग्रेजीमा ‘हिटलर’ नाम राखेर फेसबुकमा लाइक पेज बनाउन यसको निर्माणपक्षले सकेन । निर्देशक ढकालले भने–‘हामीलाई फेसबुकले हिटलर नाम राखेर लाइक पेज बनाउन दिएन ।’ उनका अनुसार, युटुबमा पनि अहिले समस्या आइरहेको छ । उनले भने–‘युटुबले भिडियो त हटाएको छैन । तर, गीतको भ्यू कहिले घट्ने, कहिले काउन्ट नै नहुने भैरहेको छ । हामीले युटुबमा कप्लेन गरेपछि प्राविधिक गढबढी भएको सन्देश आयो । तर, अहिले युटुबले प्रचारमा समस्या दिने अवस्था देखिएको छ ।’

फिल्मको विषयमा बोल्दै निर्देशक सौरभ ढकाल भन्छन्–‘फिल्मको शिर्षक किन ‘हिटलर’ राखियो भन्ने बारेमा दर्शकले हलमै गएर चलचित्र हेरेपछि थाहा पाउनुहुनेछ । तर, फिल्मको नामको कनेक्शन कथामा छ ।’

अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा सोहित मानन्धर र सामिया बर्तौलाको मुख्य भूमिका रहेको छ । फिल्म जेठ १२ मा सार्वजनिक हुदैछ ।