‘हिटलर’ प्रदर्शन मिति घोषणा

‘हिटलर’ प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

चलचित्र ‘हिटलर’को फस्टलुक र  प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । आउदो बर्षको जेठ १२ गतेबाट लभ स्टोरी तथा कमेडी जनराको यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ ।चलचित्रमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङ लगायतका कलाकारको अभिनय छ ।चलचित्रमा लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ ।

मुगु र काठमाण्डौमा यो चलचित्रको छायांकन गरिएको छ । कार्यक्रममा बोल्दै निर्देशक सौरभ ढकालले भने–‘हिटलर प्रेम र कमेडीको मिश्रणको रुपमा बनेको चलचित्र हो । प्रेम भैसकेपछि आउने विभिन्न समस्यालाई चलचित्रमा देखाइएको छ । दर्शकले, नाम र कथावस्तुको मेल पक्कै पनि चलचित्रमा पाउनुहुनेछ ।’यस्तै, नायक सोहित मानन्धरले यो चलचित्रमा आफू फरक भूमिकामा देखिएको बताए । नायिका सामिया बर्तौलाले चलचित्रको कथावस्तु मन परेकाले काम गरेको बताइन् । उनले भनिन्–‘यो चलचित्रमा म राणा खानदानीकी छोरीको भूमिकामा छु । चलचित्रको अफर धेरै आएपनि मैले कथावस्तु मनपरेपछि ‘हिटलर’मा काम गरे“ ।’