वर्षका ११ हिट गीत, जसलाई करोडौ पटक हेरियो

वर्षका ११ हिट गीत, जसलाई करोडौ पटक हेरियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष २०७४ सकिन अब साता दिन जति बाँकी छ । र, यो वर्षलाई बिदा गर्दा एकपटक फर्केर हेर्नु पर्ने हुन्छ । सुरु गरौ वर्ष भरि अत्याधिक चर्चा कमाएका र दर्शकको मन जित्न सफल ११ गीतबाट ।

यो वर्ष सिनेमा रिलिजको हिसावले जम्माजम्मी ८० को हारहारी पुग्यो । द सिनेमा टाइम्सको वार्षिकीमा ७८ सिनेमा अटाएका छन् । ७८ मध्ये ७४ सिनेमा रिलिज भैसकेका छन् भने, ४ तयारिमा छन् ।

७८ सिनेमाका लगभग सबै गीत सार्वजनिक भैसकेका छन् । र एक सिनेमाको ३ गीत अनुमान लगाउदा २ सय ३४ हुन् आउँछ । यसलाई लगभग २ सय ५० मान्न सकिन्छ । किनकी कुनै सिनेमामा ४-५ ओटा गीत पनि समावेश थिए ।

पछिल्लो समय नेपाली सिनेमामा ४ भन्दा माथि गीत समावेश गर्ने पर्ने चलन हटेको छ । बरु मेकरहरु लोकसंगीत एउटा भएपनि समावेश गर्न पाए हुन्थ्यो भन्ने तिर लागेका छन् ।

अब कुरा गरौ सफलताको । अब कुन गीत कति हिट भनेर थापा पाउन युट्युब सर्च गरे पुग्छ । भ्युजको आधारमा मज्जाले तथ्यांक निकाल्न सकिन्छ । रिलिज भएका सिनेमाका गीतलाई मात्र आधार मान्ने हो भने तिन दर्जन बढी गीत हिट छन् । जसले युट्युबमा २ मिलियन बढी भ्युज प्राप्त गरे र श्रोताको मुखमा झुण्डिए ।

२ मिलियन बढी भ्युज पाउने गीतलाई हिट मान्न सकिन्छ । तर यहाँ हामीले ११ गीत मात्र सुचीमा समावेश गरेका छौ । जुन गीतले १० मिलियन अर्थात १ करोड माथि भ्युज कमाएका छन् ।

कुटुमा कुटु:

यो गीत युट्युबमा छोटो समयमै सर्वाधिक भ्युज पाउने गीत बन्यो । साथै ५ करोड भ्युज पाउने पहिलो र एक मात्र गीत हो । ‘दुई रुपैयाँ’ सिनेमामा समावेश गीतले ५ करोड ४५ लाख बढी भ्युज पाइसकेको छ । लगभग ३ करोड जनसंख्या भएको देशमा ५ करोड भ्युज पाएको यो गीतलाई कसले नसुनेको होला र ?

राजनराज सिवाकोटीको शब्द/संगीतमा बनेको यस गीतमा राजनराजसँगै राजन इशान र मेलिना राईको स्वर छ । कविराज गहतराजले कोरियोग्राफी भरेको गीतमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, बुद्दी तामाङ र आशिफ शाहले कम्मर मर्काएका छन् ।

काले दाई:

माला लिम्बु र निश्चल बस्नेतले कम्मर मर्काएको यो गीत सिनेमा ‘पर्व’मा समावेश छ । विवाह, स्टेज, देउसी-भैलो, पार्टीप्यालेसमा घन्किएको यो गीतले क्लबमा पनि राम्रै स्थान पायो ।

दिनेश राउतको शब्दमा कोशिष क्षेत्रीले संगीत भरेको गीतलाई निश्चल बस्नेत र मिना निरौलाले गएका थिए । कविराज गहतराजले कोरियोग्राफी भरेको यो गीतलाई युट्युबमा २ करोड ३५ लाख बढी हेरिएको छ ।

ए दाजु नसमाउ:

‘छक्का पन्जा २’मा समावेश गीत विवादमा तानिएपनि दर्शकले अत्याधिक रुचाइदिए । फलस्वरूप गीतले २ करोड १८ लाख बढी भ्युज प्राप्त गर्यो ।

कान्छा मगर नेपाली र प्रिन्स नेपालीको संगीत रहेको सुजाता वर्मा र अल्मोडा राना उप्रेतीले गएका थिए ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा वर्षा राउत, केदार घिमिरे, जितु नेपाल, स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल फिचरिङ छन् ।

रुपै मोहनी:

प्रदर्शन सिनेमा ‘शत्रु गते’मा समावेश गीतले छोटो समयमै उल्लेख्य भ्युज पायो । १ करोड ५१ लाख बढी पटक हेरिएको गीतमा लोकराज अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत छ ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँगै दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की,  शिवहरी पौडेल, पल शाह र आँचल शर्माले कम्मर मर्काएको गीतमा कविराज गहतराजकै कोरियोग्राफी थियो ।

भन्छु आज:

सिनेमा ‘म यस्तो गीत गाउँछु’बाटको यो गीतले १ करोड ४५ लाख बढी भ्युज पाइसकेको छ । लोकसंगीतले चर्चा पाइरहेको समयमा करोड भ्युज पाउने यो नै पहिलो रोमान्टिक गीत हो ।

सुदर्शन थापाको शब्दमा अर्जुन पोखरेलले संगीत भरेको यो गीतमा पूजा शर्मा र पल शाहको रोमान्टिक पललाई प्रस्तुत गरिएको थियो । सुगम पोखरेल र अन्जु पन्तले गाएको यस गीतमा पनि कविराज गहतराजकै कोरियोग्राफी थियो ।

तिमि रोएको पल:

अभिनेता रमेश उप्रेतीको कमब्याक सिनेमा ‘ऐश्वर्य’मा समावेश यो दोस्रो रोमान्टिक गीत हो । जसले करोड माथिको भ्युज पायो । अर्जुन पोखरेलको शब्द/संगीतमा तयार भएको यस गीतले १ करोड ४५ लाख बढी भ्युज पाईसकेको छ ।

गीतमा सुगम पोखरेल र अन्जु पन्तले नै स्वर दिएका छन् । रमेश उप्रेतीसँगै दीपिका प्रशाई फिचरिङ गीतमा तेन्जु योन्जन र एन्जिला खत्रीको कोरियोग्राफी थियो ।

पर्ख पर्ख मायालु:

दीपक शर्माको शब्द/संगीतमा तयार भएको गीत सिनेमा ‘मङ्गलम’मा समावेश थियो । यो गीतले पनि १ करोड ३९ लाख नजिक भ्युज पाईसकेको छ ।

कृष्ण काफ्ले र बिन्दु परियारको स्वर रहेको गीतमा शिल्पा पोखरेल र पुष्पल खड्काले नृत्य गरेका छन् । यो गीतमा पनि कविराज गहतराजकै कोरियोग्राफी छ ।

चरी चट्ट परि:

श्वेता खड्काको कमब्याक सिनेमा ‘कान्छी’मा समावेश यो गीतमा स्वेतासँगै दयाहाङ राई, प्रज्वलसुजल गिरी र भूमिका श्रेष्ठले नृत्य गरेका छन् ।

राजनराज सिवाकोटी शब्द/संगीत रहेको गीतलाई १ करोड ३८ लाख बढी भ्युज मिलेको छ । अन्जु पन्त र राजनराज सिवाकोटीकै स्वर रहेको गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी थियो ।

कसम हो कसम:

‘ए मेरो हजुर २’मा समावेश यो गीतमा कृष्णहरि बरालको शब्द, कल्याण सिंहको संगीत र सुगम पोखरेलको स्वर रहेको छ ।

१ करोड २६ लाख भन्दा बढी हेरिएको गीतमा साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बनियाँको जोडी प्रस्तुत छ । गीतको कोरियोग्राफी रेनाषा वान्तवा राईले गरेकी हुन् ।

आई एम सरि:

प्रियंका कार्की र सौगात मल्ल फिचरिङ गीत सिनेमा ‘फाटेको जुत्ता’मा समावेश थियो । प्रवेश मल्लिकको शब्द, संगीत र स्वर रहेको गीतलाई १ करोड २४ लाख बढी पटक हेरिएको छ ।

गीतको कोरियोग्राफर राजीव समर हुन् ।

किन आजकल:

सांगीतिक प्रेमकथानक सिनेमा ‘म यस्तो गीत गाउँछु’मै समावेश यो गीतलाई पनि १ करोड भन्दा धेरै हेरिएको/सुनिएको छ ।

अम्बिका शर्माको शब्दमा अर्जुन पोखरेलले संगीत दिएको गीतमा पल शाह र पूजा शर्मा फिचरिङ थिए । यो गीतमा पनि कविराज गहतराजकै कोरियोग्राफी थियो ।

यी ११ गीतका अलावा यो थुप्रै गीतलाई दर्शक श्रोताले मन पराए । करोड भ्युज नपाएपनि ‘मायाले बोलेको’ (कारखाना), कहानी यो प्रेमगीतको (प्रेमगीत २), अजम्बरी (ग्यांगस्टर ब्लुज), उकालीमा जादा जाँदै (ए मेरो हजुर २) किनिदेउ न साइलादाई (ए मेरो हजुर २), जब जब तिम्रो साथ (जोनी जेन्टलम्यान), झ्याम्म झ्याम्म (छक्का पन्जा २), चिरबिर चिरबिर चाँचरी (रुद्रप्रिया), म गाउँदिन अब गीत गजल (बटरफ्लाई), यति यति पानि (कृ), उकालीमा पछी पछी (कृ), पिरतीको बर्को (शत्रु गते), मन मेरो चन्चले (तिमि सँग), लडें लडें: (तिमि सँग), इट इज लभ (लिलिबिली)का रुचाइएका गीतहरु हुन् ।

सिनेमा टाइम्स टप १० फिल्मी गीत- २०७३