बलिउडका १० महँगा अभिनेत्री

बलिउडका १० महँगा अभिनेत्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा जहिले तिन खानको पारिश्रमिक शिर्ष तिनमा रहन्छ । सलमान खान, शाहरुख खान र आमिर खानका सिनेमा बक्सअफिसमा सर्वाधिक कमाउछन् । त्यसैले पनि यी अभिनेताहरुले केहि वर्षदेखि आफुलाई शिर्ष स्थानमै कायम गरेका छन् । अब कुरा गरौ अभिनेत्रीको ।

अभिनेत्रीको हकमा भने शिर्ष स्थान वर्षेनी परिवर्तन भैरहन्छ । संसारको कुनै पनि सिनेमा क्षेत्रमा अभिनेताको भन्दा अभिनेत्री करियर छोटो हुन्छ । त्यसैले अभिनेत्रीले केहि समय मात्र पारिश्रमिकमा लिड गर्छन । २-४ वर्ष पहिलेसम्म करीना कपूर, विद्द्या वालन र कट्रिना कैफ जस्ता अभिनेत्रीले बलिउडमा सर्वाधिक पारिश्रमिक लिन्थ्ये। तर, अहिले समय फेरिएको छ । अहिले यी अभिनेत्रीहरु सर्वाधिक पारिश्रमिक लिनेको सुचीबाट बिस्तारै ओझेल हुदैछन । आज हामि पछिल्लो समयमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको बारेमा चर्चा गर्नेछौ ।

१) दीपिका पादुकोण

बलिउडकी लिडीङ लिडर दीपिका पादुकोण पछिल्लो छिमलकी सर्वाधिक महँगी अभिनेत्री हुन् । नहोस् पनि कसरि तिन खानका सिनेमा पश्चात बलिउडमा दिपिकाका सिनेमाले बक्सअफिसमा लोभलाग्दो कमाई गर्छन । भर्खरै मात्र ‘पद्मावत’ हिट दिएकी दीपिकाले पारिश्रमिकमा रेकर्ड कायम गरेकी छन् । भारतीय मिडियाले लेखे अनुसार ‘पद्मावत’ हिट भएपछी दीपिकाले पारिश्रमिक १४ करोडसम्म पुर्याएकी छन् । ‘पद्मावत’ सिनेमा गर्दा उनले ११ करोड पारिश्रमिक लिएको खबरले बलिउड तातेको थियो । हलिउडमा समेत आफ्नो उपस्थिति जनाईसकेकी दीपिकाले अब राम्रा सिनेमा मात्र गर्ने निर्णय लिएकी छन् । सर्वाधिक महँगी भएपनि दीपिकालाई सिनेमामा लिन निर्माता/निर्देशक मरिहत्ते गर्छन ।

2) कंगना रनाउत:

अभिनयको प्रसंसासँगै सर्वाधिक कन्ट्रोभर्सीमा आउने कंगनालाई बलिउड ‘क्विन’का नामले पनि चिनिन्छ । कंगना आफ्नै दममा सिनेमा हिट दिने सामर्थ राख्छिन् । कंगनाको लिडीङ रहेको ‘तनु वेड्स मनु रिटर्न्स’ले बक्सअफिसमा १ सय ५० करोड माथिको व्यापार गरेपछी पारिश्रमिकमा बढुवा दिइन । अहिले उनि एउटा सिनेमा गरे बापत १२ करोड भारुसम्म लिने गरेको स्रोत बताउछ । उनको रिलिज हुन् बाँकी ‘मनिकर्निका’मा १२ करोड लिएको खबर छ । त्यस्तै ज्यादै बोल्ड सिन भएपछी करीना कपूरले छोडेको सिनेमा ‘मेन्टल हे क्या’मा पनि कंगनाले महँगो पारिश्रमिक लिएकी छन् ।

3) प्रियंका चोपडा:

प्रियंकाका बलिउड सिनेमा त्यति सफल छैनन् । तर, पारिश्रमिक लिने हकमा प्रियंका तेस्रो स्थानमा छिन । भर्सटायल रुपमा सफलता कमाएकी प्रियंका एउटा सिनेमा खेले बापत ११ देखि १२ करोड भारुसम्म लिने गरेकी छन् । अभिनयमा पोख्त यी विश्वसुन्दरीले हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी छन् । बलिउडका राम्रा सिनेमा मात्र गर्ने योजना बनाएकी प्रियंका पछिल्लो समय झट्टपट्ट सिनेमा साइन गर्ने गरेकी छैनन् ।

४) करीना कपूर:

करियरको उत्कर्षमा रहेको बेला करिनाले विवाह गरिन । विवाह पश्चात करियरमा केहि गिरावट आएपनि करीनाको पारिश्रमिक भने ह्वात्तै घटेको छैन । अभिनेता सैफअलि खानसँग विवाह गरेर आमा बनेकी करिना पुन: सिनेमामा छाउने क्रममा छिन् । तर, प्रतिस्पर्धी अभिनेत्री र बढ्दो उमेरले करीनालाई नम्बर १ स्थानमा आउँन अवश्य गाह्रो पर्नेछ । उनि एउटा सिनेमा गरे बापत १० करोड भारुसम्म लिने गरेकी छन् । पछिल्लो पटक ‘उड्ता पन्जाब’मा सहायक भूमिकामा देखिएकी करीनाको यो वर्ष ‘वीरे दि वेडीङ’ रिलिज हुदैछ । यो सिनेमा सफल भएको खण्डमा करिनाले पारिश्रमिक बढाउने छिन् ।

५) अनुष्का शर्मा:

पछिल्लो समय अनुष्काले बलिउडका तिन खानसँग सिनेमा गरिसकेकी छन् । जुन बक्सअफिसमा सुपरहिट भए । त्यसका अलावा अनुष्काले ‘परी’, ‘फिलौरी’ ‘एन एच टेन’ जस्ता महिला केन्द्रित सिनेमा हिट बनाएर आफ्नो पारिश्रमिक बढाइन । उनले एउटा सिनेमा गरे बापत ८ करोडसम्म लिने गरेकी छन् । अनुष्काका ‘सुई धागा’, ‘संजु’ र ‘जिरो’ प्रदर्शनको क्रममा छन् ।

६) कट्रिना कैफ:

कुनै बेलाकी सर्वाधिक महँगी कट्रिनाको करियर अहिले भने खस्किएको छ । यी अभिनेत्रीले एउटा सिनेमा गरे बापत ७ करोडसम्म लिएकी छन् । पछिल्लो सिनेमा ‘टाइगर जिन्दा हे’ सफल भएपछी कट्रिनाले पुनरागमन गर्ने संकेत देखाएकी छन् । कट्रिनाका ‘ठग्स अफ हिन्दुस्तान’ र ‘जिरो’जस्ता बिग बजेटका सिनेमा पाइपलाइनमा छन्।

७) विद्द्या बालन:

विद्द्याले एक सिनेमा गरे बापत ६-७ करोड लिने गरेकी छन् । ‘डर्टी पिक्चर’ताका आकाशिएको बिद्द्याको पारिश्रमिकले गति लिन सकेको छैन । कारण विद्द्याका पछिल्ला सिनेमा असफल भैरहेका छन् । ‘तुम्हारी सुलु’ले बक्सअफिसमा सोचे जस्तो सफलता नपाएपछी विद्द्या अहिले फुर्सदमा छिन् ।

८) आलिया भट्ट:

छोटो समयमै बलिउडमा राम्रो स्थान बनाएकी आलिया एउटा सिनेमा गरे बापत ६-७ करोडसम्म लिने गरेकी छन् । अभिनय क्षमतामा आफुलाई प्रमाणित गरिसकेकी आलियाका ‘राजी’, ‘ब्रमास्त्र’, ‘गली व्वाय’ प्रदर्शनको क्रममा छन् ।

९) सोनम कपूर:

सोनम एउटा सिनेमा गरे बापत ५ करोडसम्म लिने गरेकी छन् । भर्खरै ‘प्याडम्यान’ हिट दिएकी सोनमका ‘वीरे डी वेडीङ’, ‘संजु’ र ‘एक लड्कीको देखा तो एइसा लगा’ पाइपलाइनमा छन् ।

१०) सोनाक्षी सिन्हा:

पछिल्लो समय सोनाक्षीको करियर डगमगाउन थालेको छ । लगातार सिनेमा असफल भएपनि उनि एउटा सिनेमा गरे बापत ५ करोडसम्म लिन्छिन । सोनाक्षीका ‘ह्याप्पी फिर भाग जायगी’ र ‘दबंग ३’ पाइपलाइनमा छन् ।

pictures: google