‘हिरोज’का एकसाथ दुई गीत सार्वजनिक

‘हिरोज’का एकसाथ दुई गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री पुर्णिमा लामाले निर्माण गरेको सिनेमा ‘हिरोज’का दुई नयाँ गीत एकै साथ रिलिज गरिएको छ । सार्वजनिक ‘पप्पी देउन…’ बोलको गीतमा पुर्णिमा लामा र ‘मेहनत आफै गर…’ बोलको गीतमा करिश्मा मानन्धर फिचरिङ छन् ।

‘पप्पी देउन…’मा टंक बुढाथोकीको शब्द/संगीत, प्राश्ना शाक्य/टंक बुढाथोकीकै स्वर छ । भने ‘मेहनत आफै गर…’मा बिकास चौधरीको संगीत, सन्जोग राणाको शब्द, राजेशपायल राई/जुनु रिजाल/रंजित शाहनी र डेबिड शंकरको स्वर समावेश छ । दुवै गीतमा कविराज गहतराजले कोरियोग्राफी भरेका छन् ।

सडक बालबालिकाको समस्या, चेलीबेटी बेचबिखन, बेरोजगारीलगायत राजनीतिक अस्थिरताको विषयलाई उठ्ठान गरेको सिनेमालाई बरिष्ठ द्धन्द्ध निर्देशक एनवि मर्हजनले निर्देशन गरेका हुन् । चैत २३ देखि अलनेपाल रिलिज हुने सिनेमामा मुकेश ढकाल, दिनेश डिसी, जयकिशन बस्नेत, पुर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति लगायतका कलाकारको अभिनय छ ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन । भने, युवराज लामा, शेखर लामा र संजोग राणाको सिनेमामा लगानी छ । शिव ढकाल/रामशरण उप्रेतीले खिचेको सिनेमामा कमल राई/कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी र  शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।