‘हिरो रिटर्न्स’ शिर्ष गीतमा सविनसँग आँचलको ठुम्का

‘हिरो रिटर्न्स’ शिर्ष गीतमा सविनसँग आँचलको ठुम्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख २८ प्रदर्शन मिति स्थगित गर्दै सिनेमा ‘हिरो रिटर्न्स’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

निर्माता भिम न्यौपानेको लगानीमा निर्मित अर्को सिनेमा ‘सुनकेसरी’ एक साथ रिलिज हुँदा पर्न जाने क्षतिलाई मध्येनजर गर्दै रिलिज पोस्टपोन्ड गरिएको निर्माण पक्षले बताएको छ । अर्को मिति नतोकिए पनि सिनेमालाई जेठ अन्तिमसम्ममा प्रदर्शनमा ल्याइने टिमको योजना छ ।

शिर्ष गीत रिलिज गरेसँगै ‘हिरो रिटर्न्स’ टिमले पब्लिसिटीमा उत्रेकोसमेत घोषणा गरेको छ । छिट्टै नै सिनेमाको ट्रेलर सार्वजनिक हुदैछ ।

सार्वजनिक शिर्ष गीतमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री आँचल शर्मा मुख्यतः फिचर्ड छन् । टंक बुढाथोकीको शब्द/संगीतमा तयार भएको गीतमा टंकसँगै मनिषा पोखरेलको स्वर छ । गीतको कोरियोग्राफी भने कविराज गहतराजले गरेका हुन् ।

आशिष भेटवालको निर्देशनमा बनेको ‘हिरो रिटर्न्स’मा सविन र आँचलसँगै रेखा थापा, दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर इकु, सुरेश थापा, रोशन श्रेष्ठ, डिबी बम्जन, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय छ ।

सविन श्रेष्ठ प्रस्तुतकर्ता रहेको सिनेमामा भिमसँगै अमित श्रेष्ठको पनि लगानी छ ।  एक्सन जनराको सिनेमामा मदन कश्यप घिमिरेको छायाँकन छ ।