बैशाखमा रेखा र सविनको ‘हिरो रिटर्न्स’

बैशाखमा रेखा र सविनको ‘हिरो रिटर्न्स’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता सविन श्रेष्ठले निर्माण गरेको सिनेमा ‘हिरो रिटर्न्स’को रिलिज मिति तय गरिएको छ । रेखा थापा र सविन श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा निर्माण भएको लामो समयसम्म पनि प्रदर्शनमा आउन सकेको थिएन ।

अन्तत: सविनले आगामी वर्षको बैखाश २८ मा सिनेमा प्रदर्शन गरिने अफिसियल जानकारी दिएका छन् । सविनले यसअघि नै सिनेमाको सम्पुर्ण काम सकिएको कुरालाई सत्य भन्दै त्यसमा पनि केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र ‘रि सुट’को आवश्यकता देखिएपछि रिलिजमा केहि अन्तर देखिएको बताए । उनका अनुसार सिनेमामा समावेश केहि दृश्यहरु पुनः छायाँकन गरिएको छ ।

‘हिरो’ चल्दाको समयदेखि अहिलेसम्म नेपाली सिनेमा हेर्दै आउनुभएका सबै दर्शक लक्षित सिनेमा बनाउने हाम्रो लक्ष्य हो त्यसैले उत्कृष्टमा पनि उत्कृष्टता खोज्न केहि दृश्यको लागी पुनः छायाँकनमा गएका हौँ’ सविनले भने । सिनेमालाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।

अभिनेत्री रेखा थापाले ‘हिरो’बाट डेब्यु गरेकी थिइन् । अहिले यसको दोस्रो भागमा पनि रेखा नै हुँदा सिनेमाले बक्सअफिसमा सकारात्मक नतिजा ल्याउन सक्छ । एक्सन जानराको सिनेमामा रेखा र सविनका अलावा दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ मुख्य भूमिकामा छन् ।

सिनेमामा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायाँकन, दीपक शर्मा/टंक बुढाथोकीको संगीत, चन्द्र पन्तको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र मित्र गुरुङ सम्पादन छ । चन्द्र गौतम कार्यकारी निर्माता रहेको सिनेमामा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् ।