एनएफडिसी २०७३: विपिन, प्रियंका र ‘छक्का पन्जा’ उत्कृष्ट !

एनएफडिसी २०७३: विपिन, प्रियंका र ‘छक्का पन्जा’ उत्कृष्ट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ‘एनएफडिसी’ राष्ट्रिय चलचित्र पुरस्कारको पाँचौ संस्करण सम्पन्न भएको छ । राजधानीको पाँचतारे होटेलमा सम्पन्न अवार्डमा दश विधामा मनोनित सिनेमा ‘पुरानो डुंगा’ले सर्वाधिक पाँच विधामा कब्जा जमायो । त्यस्तै पन्ध्र विधामा मनोनित ‘छक्का पन्जा’ले चार विधामा अवार्ड जित्यो । साथै ‘छक्का पन्जा’लाई बर्षकै व्यावसायिक सिनेमाको अवार्ड समेत प्राप्त भयो ।

एघार विधामा मनोनित ‘जात्रा’ले तिन विधामा कब्जा जमाउँदा नौ  विधामा मनोनित ‘लूट २’ले दुई विधामा अवार्ड जित्यो । उत्कृष्ट सिनेमा ‘छक्का पन्जा घोषित हुँदा सोहि सिनेमाबाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड जितिन् ।

उत्कृष्ट अभिनेतामा विपिन कार्कीले ‘जात्रा’बाट अवार्ड जिते । त्यस्तै प्रियंका कार्कीले अभिनेत्रीमा ‘छक्का पन्जा’बाटै अवार्ड उचालिन । ‘निभ्न लागेको दियो’ले मह-जुरी राष्ट्रिय चलचित्र पुरस्कार जित्यो । त्यस्तै कान्तिपुर दैनिकका पत्रकार सुशील पौडेललाई पुस्कर सर्वोत्कृष्ट चलचित्र अवार्डबाट सम्मान गरियो ।

करिब तिन घण्टा चलेको समारोहमा बलिउड अभिनेत्री मनिषा कोइराला प्रमुख अतिथि थिइन् ।

विजेताहरुको सुची:-

उत्कृष्ट पार्श्व संगीत: ईमान विक्रम शाह – चपली हाईट २

उत्कृष्ट ध्वनी मुद्रण (मिक्सिङ): मनोजराज भण्डारी – जात्रा

उत्कृष्ट द्वन्द्व निर्देशक: रोशन श्रेष्ठ – किङ्ग

उत्कृष्ट नृत्य निर्देशक: विक्रम स्वार  –  ठमेल बजार (लूट २)

उत्कृष्ट पाश्र्व गायन: मीना निरौला     –  ठमेल बजार (लूट २)

उत्कृष्ट संगीतकार:  काली प्रसाद वास्कोटा – निर जहिले रिसाउने (पुरानो डुंगा)

उत्कृष्ट सम्पादन: मित्र गुरुङ – जात्रा

उत्कृष्ट छायाँकार: सैलेन्द्र डी. कार्की – पुरानो डुंगा

उत्कृष्ट पटकथा लेखक: रामबाबु गुरुङ / उपेन्द्र सुब्बा  – पुरानो डुंगा

उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे – छक्का पन्जा

उत्कृष्ट नव-अभिनेत्री: सुष्टि श्रेष्ठ – गाजलु

उत्कृष्ट नव-अभिनेता:  आयुष्मान देसराज श्रेष्ठ जोसी – चपली हाईट २

उत्कृष्ट सह-अभिनेत्री: मेनका प्रधान –  पुरानो डुंगा

उत्कृष्ट सह-अभिनेता: माउत्से गुरुङ – पुरानो डुंगा

उत्कृष्ट अभिनेत्री: प्रियंका कार्की – छक्का पन्जा

उत्कृष्ट अभिनेता: विपिन कार्की – जात्रा

उत्कृष्ट निर्देशक: दीपाश्री निरौला- छक्का पन्जा

उत्कृष्ट सिनेमा: आमा सरस्वति गीता देवी फिल्म्स प्रा. ली. – छक्का पन्जा

मह जुरी राष्ट्रिय सिनेमा पुरस्कार: निभ्न लागेको दियो

कुशुमे रुमाल व्यावसायिक सिनेमा: छक्का पन्जा

पुष्कर सिने पत्रकार पुरस्कार: सुशील पौडेल- कान्तिपुर

तस्विर: अर्जुन गुरागाईं