‘हरितारा चलचित्र पुरस्कार’बाट रेखा र लय पुरस्कृत

‘हरितारा चलचित्र पुरस्कार’बाट रेखा र लय पुरस्कृत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं दशकौंदेखि नेपाली सिनेमा क्षेत्रमा अनवरत रुपमा क्रियाशिल सिनेमाकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । तीन दशकदेखि नेपाली सिनेमामा सक्रिय लय संग्रौला र दुई दशकदेखि नेपाली सिनेमामा अभिनय, निर्माण तथा निर्देशनमा क्रियाशिल रेखा थापालाई हरितारा चलचित्र पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

दुवैले सम्मान पत्रसहित जनही २५ हजार नगद राशी प्राप्त गरे । यस्तै परिवर्तन नेपालले स्थापना गरेको दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार उत्तम केसी, विजय रत्नतुलाधर र सावित्री कोइरालालाई सोमवार राजधानीमा एक कार्यक्रमका बीच सम्मान अर्पण गरियो । उनीहरुलाई सम्मान पत्रसहित जनही १० हजार नगद राशी प्रदान गरिएको थियो ।

यस्तै अभिनेता तथा निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव बि.क र अभिनेत्री तथा लेखिका शोभिता सिंखडालाई ‘परिवर्तन सम्मान(२०७५)’ बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक र निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ र सिनेमा पत्रकार र गीतकार शान्तिप्रिय थिए ।