‘हेप्पी न्यु ईयर’को वियोगान्त गीत रिलिज !

‘हेप्पी न्यु ईयर’को वियोगान्त गीत रिलिज !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अंग्रेजी नयाँ वर्ष २०१८ को छेको पारि पुष १४ मा रिलिज मिति तय गरेको सिनेमा ‘हेप्पी न्यु ईयर’को वियोगान्त गीत सार्वजनिक भएको छ । ‘मुटु…’ बोलको गीतमा सिनेमाका मुख्य तिन कलाकार कुशल थापा, सन्ध्या केसी र पुकार गौतम फिचर्ड छन् ।

किरण माईकलको शब्द/संगीत रहेको गीतमा सनुप पौडेलको स्वर छ । सम्पूर्ण छायाँकन अस्ट्रेलियामा गरिएको सिनेमालाई देवकुमार श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । अस्ट्रेलियन नागरिक बेन्जामिन ड्रेलेले खिचेको सिनेमामा कलाकार कुशल थापाकै कथा छ ।

आरके मोडेल एण्ड प्रोडक्टको प्रस्तुतिमा निर्माण भएको सिनेमामा रति थापा श्रेष्ठको लगानी छ । सिनेमाको टिम पुष ४ गते प्रचारप्रसारको लागि स्ट्रिट कन्सर्टका लागि मोफसल जानेछ ।