‘हेप्पी न्यु ईयर’को रोमान्टिक गीत

‘हेप्पी न्यु ईयर’को रोमान्टिक गीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पुष १४ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘हेप्पी न्यु ईयर’को रोमान्टीक गीत रिलीज भएको छ । ‘तिमी नै मेरो…’ बोलको गीतमा गायक तथा संगीतकार टंक बुढाथोकी र मेलीना राईको स्वर रहेको छ | भने, स्वयंम बुढाथोकीकै शब्द तथा संगीत रहेको छ ।

कुशल थापा र सन्ध्या थापालाई फिचर्ड गरिएको गीतका कोरियोग्राफी डिकेश हुन् । केहि दिन पहिले निर्माण देशदौडाह प्रचारको लागि मोफसल टुरमा निक्लेको थियो । अहिले टिम काठमाडौँ उपत्यकाका बिभिन्न ठाउँमा कन्सर्ट गरि सिनेमा प्रचार गरिरहेको छ ।

सिनेमा रति थापाको निर्माण र देवकुमार श्रेष्ठले निर्देशनमा बनेको हो । ‘हेप्पी न्यु ईयर’मा कुशल थापा, सन्ध्या केसी, पुकार गौतम लगायतका कलाकारको मुख्य भुमिका छ ।