ह्याप्पी डेज: प्रियंका र संजयको रोमान्टिक गीत रिलिज

ह्याप्पी डेज: प्रियंका र संजयको रोमान्टिक गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता स्टारर सिनेमा ‘ह्याप्पी डेज’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘तिमि बिना…’ बोलको गीतमा प्रियंका कार्की र संजय गुप्ता फिचरिङ छन् । ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा दिनेश राउतको शब्द छ । युकेका विभिन्न स्थानमा छायाँकन गरिएको गीतको निर्देशन मिलन चाम्सले गरेका हुन् ।

यस रोमान्टिक ड्रामाले राजधानीमा एक प्रेसमिट गरेर सिनेमाका ३ गीत र टिजर पत्रकारलाई देखाएको थियो । जहाँ निर्देशक मिलन चाम्स, अभिनेता दयाहाङ राई र संजय गुप्ता उपस्थित हुँदा प्रियंका भने काम विशेषले उपस्थित हुन् सकिनन् ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् । माघ १२ मा नेपाल रिलिज हुने सिनेमा १२ नोभेम्बरमा बेलायतमा प्रिमियर हुदैछ ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित सिनेमामा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल पनि अभिनय छ ।