ह्याप्पी डेज गीत: दयाहाङ र प्रियंकाको बढ्दैछ धड्कन

ह्याप्पी डेज गीत: दयाहाङ र प्रियंकाको बढ्दैछ धड्कन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आगामी शुक्रबार अर्थात बैशाख १४ बाट प्रदर्शनमा आउँन लागेको सिनेमा ‘ह्याप्पी डेज’को नयाँ गीत सार्वजनिक भएको छ । ‘सुस्त यो…’ बोलको रोमान्टिक गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको प्रेमपललाई प्रस्तुत गरिएको छ ।

संचारकर्मी नरेश भट्टराईको शब्दमा ताराप्रकाश लिम्बूले संगीत भरेको गीतमा दीपा लामा र ताराप्रकाशकै स्वर छ ।

मिलन चाम्स निर्देशित सिनेमामा दयाहाङ र प्रियंकाका अलावा संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिरल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।