ह्याप्पी डेज: ८ पोस्टर रिलिज

ह्याप्पी डेज: ८ पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १२ बाट अलनेपाल रिलिज हुन् लागेको सिनेमा ‘ह्याप्पी डेज’ले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रचारको गति बढाउदै छ । सिनेमा चर्चित स्टारकास्टका कारण चर्चामा छ ।

निर्माण टिमले सिनेमाको ८ पोस्टर रिलिज गरेको छ । जहाँ ५ पोस्टरमा कलाकारको क्यारेक्टर झल्काउने कोसिस गरिएको छ । क्यारेक्टर पोस्टरमा दयाहाङ राई, प्रियंका कार्की, दीया पुन, संजय गुप्ता र विक्की जोशीलाई स्थान दिइएको छ ।

मिलन चाम्स निर्देशित सिनेमा नोभेम्बरमा बेलायत प्रिमियर भएको थियो । साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित सिनेमामा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल पनि अभिनय छ ।