‘ह्याप्पी डेज’को नयाँ ट्रेलर रिलिज

‘ह्याप्पी डेज’को नयाँ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गत वर्षनै रिलिज हुने भनिएको सिनेमा ‘ह्याप्पी डेज’ अन्तत: यहिँ वर्षको बैशाख १४ गते रिलिज हुदैछ ।  बिभिन्न कारणबस अघिल्लो वर्ष रिलिज हुन् नसकेको सिनेमाको दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । जुन नयाँ रिलिज डेटसहितको छ ।

मिलन चाम्स निर्देशित सिनेमा माघ १२ मा प्रदर्शन गर्ने भन्दै निर्माण पक्षले ३ महिना अगाडी नै पहिलो ट्रेलर सार्वजनिक गरेको थियो । सिनेमाको नयाँ डेटसँगको नयाँ ट्रेलरमा नयाँ दृश्यहरुलाई प्राथमिकता दिइएको छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित सिनेमामा दयाहाङ राई, प्रियंका कार्की,  संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।