मिलन चाम्स निर्देशित चलचित्र ‘ह्याप्पी डेज’ को टिजर सार्वजनिक गरिएको छ। सम्पूर्ण छायाँकन विदेशमा गरिएको चलचित्रको यतिबेला डबिङ चलिरहेको छ। निर्माण कम्पनि चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिने आई को संयुक्त ब्यानरमा बनेको फिल्मको अफिसियल टिजर सोमबार ईन्टेनेटमा रिलिज गरिएको हो । युरोपका विभिन्न स्थानमा छायाँकन गरिएको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक चाम्सले ‘हेप्पी डेज’को अन्तर्राष्ट्रिय प्रदर्शन मिति आगामी अगष्ट महिना लाई तोकेका छन् । नेपालमा भने मंसिर १५ मा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया