राजेश हमाललाई जन्मदिनको शुभकामना: आजबाट ५३औं बसन्तमा

राजेश हमाललाई जन्मदिनको शुभकामना: आजबाट ५३औं बसन्तमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । आजको मितिमा नेपाली सिने जगतमा महानायकको उपमा पाएका राजेश हमालको जन्मदिन परेको छ । हमाल सन् १९६४ जुन ९ मा पाल्पाको सदरमुकाम तानसेनमा जन्मिएका थिए ।

करिब तिन दशक नेपाली सिनेमामा बिताएका हमाल आजबाट ५३औं बसन्तमा पाईला टेक्दै छन् । आफ्नो उमेरको पाँचौ दर्शकमा मधु भट्टराईसंग वैवाहिक जीवन सुरु गरेका हमाल पछिल्लो समय अभिनयमा त्यति सकृय छैनन् ।

हमालले बसन्ती, हामी तीन भाई, ठुले, देउता, शंकर, ढुकढुकी, , सिमाना, बन्धन,  मिस्टर राम कृष्णे, माटो बोल्छ, चाँदनी लगायतका   करिव दुई सय  भन्दा बढी सिनेमामा अभिनय गरिसकेका हमालले (सन् १९८८) मा सिनेमा युगदेखि युगसम्मबाट अभिनय यात्राको थालनी गरेका थिए ।

‘सिनेमा टाइम्सको तर्फबाट हमाललाई जन्मदिनको हार्दिक शुभकामना’