महानायक राजेश हमालको जन्मदिन आज

महानायक राजेश हमालको जन्मदिन आज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमाका एक खम्बाका रुपमा आफूलाई स्थापित गरेका अभिनेता राजेश हमालको आज जन्मदिन परेको छ । १९६४ जुन ९ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले आजबाट ५४ औँ बसन्तमा पाइला टेकेका छन् ।

२०४८ सालको ‘युगदेखि युगसम्म’बाट अभिनयमा पाइला चालेका हमालको हमालको ‘सकुन्तला’ सिनेमामा आएर अभिनय यात्रा रोकिएको छ । ‘सकुन्तला’ हमालको पछिल्लो रिलिज सिनेमा हो । ५० र ६० को दशकमा राजेशले एकक्षत्र राज गरेका थिए ।

४ वर्ष अगाडी ५० वर्षको उमेरमा मधु भट्टराईसँग विवाह गरेका राजेशले प्रोडक्सनबाट छिट्टै कमब्याक गर्ने बताउदै आएका छन् । तर, कुन सिनेमा र कहिले गर्नेबारे अहिलेसम्म आधिकारिक खबर बाहिरिएको छैन । ३ सय भन्दा बढी सिनेमामा अभिनय गरेका हमालले नामको अगाडी महानायकको जोडेका छन् । जसको अर्थ सिनेमा क्षेत्रकै सर्वाधिक ठुलो व्यक्तित्व हुन्छ ।

थुप्रै ब्लकबस्टर सिनेमा दिइसकेका रहमालले नेपाली सिनेमाको बजार र व्यापारलाई फराकिलो बनाएका थिए । कुनै समय हमालको टाउको मात्र पोस्टरमा राखिदिए हलमा दर्शकको लाम लाग्ने गर्थ्यो । सिनेमा क्षेत्रमा तीन दशक अभिनय गरेका हमालको जोडी कृष्टि मैनाली, करिश्मा मानन्धर, निरुता सिंह हुँदै रेखा थापासँग समेत जम्यो । सुँगठिलो शरीर, विद्द्वान र क्याची लूक्सका धनि हमाल प्राय: दुखि र गाउँले युवकको भूमिकामा देखा पर्थ्ये । त्यसैले उनको फ्यान फलोवीङ शहर, गाउँदेखि देशका कुना-कुना सम्म हुने गर्दथ्यो । कुनै समय हमालका वर्षेनी दर्जन सिनेमा पनि रिलिज हुने गर्दथ्ये । त्यसैले उनको अगाडी अन्य कलाकारको लोकप्रियता फिक्का लाग्थ्यो ।

सबैका लोकप्रिय हमालले ५० वर्षको उमेरसम्म विवाह नगर्दा, मिडिया र उनका प्रशंसकहरु बारम्बार विवाह कहिले गर्ने भनि प्रश्न गर्थ्ये । ४ वर्ष अगाडीको विवाह पश्चात हमालले अहिले अर्को प्रश्न झेलिरहनु परेको छ; बच्चा कहिले जन्माउने ?
महानायक राजेश हमाललाई जन्मदिनको बधाई तथा शुभकामना !