विकाशको ‘हजार जुनी सम्म’मा आर्यन र प्रियंकाको इन्ट्री

विकाशको ‘हजार जुनी सम्म’मा आर्यन र प्रियंकाको इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नाई नभन्नू ल जस्तो सफल सिरिजका निर्माता तथा निर्देशक विकाश राज आचार्यले निमार्ण गर्ने नयाँ सिनेमा ‘हजार जुनी सम्म’मा मुख्य कलाकारहरु फाइनल गरिएको छ । यो सिनेमामा पहिले नायिका स्वस्तिमा खड्का मात्रै फाइनल थिइन् । अब भने यो सिनेमाका प्राय मुख्य कलाकारहरुको छनोट सकिएको निर्देशक विकाश राज आचार्यले बताए ।

सिनेमाका लागी चक्लेटी नायक आर्यन सिग्देल, नायिका प्रियंका कार्की, नायक सलोन बस्नेत र नव कलाकार अकी प्रधानलाई मुख्य कलाकारको रुपमा फाइनल गरिएको निर्माण टिमको भनाई छ । यो सिनेमामा नायक आर्यन सिग्देललाई मंहगो पारिश्रमिक दिएको छ । सुन्नमा आए अनुसार नायक आर्यन सिग्देललाई निर्माण टिमले साढे १३ लाख पारिश्रमिक दिएको छ ।

यो सिनेमामा अभिनेत्री स्वस्तिमा खड्काको जोडीको लागि एकजना नयाँ नायक पनि फाइनल गरिएको छ । दिल्लीमा बस्दै आएका अकी प्रधान चलचित्रका लागि फाइनल भएको वुझिएको छ । अकी सिनेमाका लागि संझौता गर्न मात्र नेपाल आएर दिल्ली फर्किसकेका छन् । सिनेमालाई विकासराज आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर लेखेका हुन् ।