हलमा सौगातको ‘हैरान’

हलमा सौगातको ‘हैरान’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फ्राइडे रिलिज अन्तर्गत यो साता सौगात विष्ट निर्देशित सिनेमा ‘हैरान’ प्रर्दशनमा आएको छ । विश्वकै कान्छा निर्देशकको सिनेमा यो साताको एकल नेपाली रिलिज हो ।

सिगंल स्क्रिन्समा राम्रै हल पाएको सिनेमाले मल्टीप्लेक्समा भने हलिउडको ‘डेडपूल २’सगँ कडा प्रतिस्पर्धा गर्नु पर्नेछ ।

सिनेमामा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय छ ।

डान्स फेभरको व्यानरमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामाले निर्माण गरेको सिनेमामा सम्झना पोखरेल कार्यकारी निर्मात्रीको रुपमा छिन् ।

‘हैरान’मा गम्भीर विष्टको कथारकोरियोग्राफी, चन्द पन्तको द्वन्द, सत्यराज आचार्यरस्वरुपराज आचार्यरकिरण कँडेल, राजन इशानरसन्तोष श्रेष्ठको संगीत छ । भने, निरज कडेलको छायाँकन, नवराज उप्रेतीको डिओपी, प्रितम पाण्डेको सम्पादन रहेको छ ।