कान्छा निर्देशकको ‘हैरान’ ट्रेलर रिलिज

कान्छा निर्देशकको ‘हैरान’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कम उमेरमै ‘लभ यु बाबा’ निर्देशन गरेर विश्व किर्तिमान कायम गरेका निर्देशक सौगात विष्ट निर्देशित दोस्रो सिनेमा ‘हैरान’को ट्रेलर रिलिज भएको छ ।

जम्बो कलाकार टिमले भरिएको ट्रेलर सौगातले निर्देशन गरेकै कारण ‘हैरान’ दर्शक माझ प्रतिक्षित छ । पहिलो सिनेमाबाट राम्रै तारिफ बटुलेका कान्छा निर्देशकले ‘हैरान’बाट कस्तो प्रतिक्रिया पाउलान त रु त्यो त जेठ ४ को रिलिज  पछी नै थाहा हुनेछ ।

सार्वजनिक ट्रेलरमा सिनेमाको कथासारलाई प्रस्ट्याउदै कमेडी र एक्सनलाई प्राथमिकता दिइएको छ । सिनेमामा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय छ ।

डान्स फेभरको व्यानरमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामाले निर्माण गरेको सिनेमामा सम्झना पोखरेल कार्यकारी निर्मात्रीको रुपमा छिन् ।

‘हैरान’मा गम्भीर विष्टको कथारकोरियोग्राफी, चन्द पन्तको द्वन्द, सत्यराज आचार्यरस्वरुपराज आचार्यरकिरण कँडेल, राजन इशानरसन्तोष श्रेष्ठको संगीत छ । भने, निरज कडेलको छायाँकन, नवराज उप्रेतीको डिओपी, प्रितम पाण्डेको सम्पादन रहेको छ ।