पारिवारिक प्रेमकथा ‘गुनगुन’ ट्रेलर रिलिज

पारिवारिक प्रेमकथा ‘गुनगुन’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – कार्तिक ३० गते रिलिज हुने सिनेमा ‘गुन गुन’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । पारिवारिक प्रेमकथामा निर्माण गरिएको सिनेमाको ट्रेलरमा मुख्य कलाकार संचिता लुइटेल, सुवास मेचे, रविन्द्र प्रताप सेन, पुकार भट्टराईलाई विशेष फोकस गरिएको छ ।

सिनेमामा प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको निर्देशक पुकार भट्टाराईले बताए । पुराना कलाकार पुकारले यसै सिनेमा मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको सिनेमामा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

सिनेमामा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । प्रेम कथामा आधारित यस सिनेमालाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन ।