संचिता लुइटेल स्टारर ‘गुनगुन’को टिजर रिलिज

संचिता लुइटेल स्टारर ‘गुनगुन’को टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – कार्तिक ३० गतेबाट रिलिज हुने सिनेमा ‘गुनगुन’को टिजर रिलिज गरिएको छ । कलाकार पुस्कर भट्टराईले निर्माण गरेको सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । संवाद विहिन ‘गुनगुन’को टिजरमा माया,प्रेम, विछोड र द्धन्द्वलाई विषेश फोकस गरिएको छ ।

प्राथना फिल्म्सको प्रस्तुतीमा निर्माण भएको सिनेमालाई पुस्कर भट्टराईले निर्देशन गरेका हुन् । सिनेमामा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

सिनेमामा हिमाल केसीको द्धन्द्व , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । ‘गुनगुन’को सेप्टेम्बर ३० मा अस्ट्रेलियामा वर्ल्ड प्रिमियर गरिने कलाकार तथा निर्देशक पुस्कर भट्टराईले बताए ।