‘गुनगुन’को गीतमा चन्दाको आइटम नम्बर

‘गुनगुन’को गीतमा चन्दाको आइटम नम्बर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – कार्तिक ३० गतेबाट रिलिज हुने सिनेमा ‘गुनगुन’को आइटम गीत रिलिज गरिएको छ । कलाकार पुस्कर भट्टराईले निर्माण गरेको सिनेमाको प्रचार स्वरुप पहिलो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक ‘काज्जु किसमिस’ बोलको आइटम गीतमा चन्दा दाहालले कम्मर र्मकाएकी छन् ।

कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा सुनिता कार्कीको स्वर छ । गीतको भिडियोमा रामजी लामीछानेले कोरियोग्राफी गरेका छन् । सिनेमामा समावेश यो गीतले नै कथा अगाडी बढाउने भएकोले गीत महत्वपुर्ण रहेको निर्माण टिमको भनाई छ ।

प्राथना फिल्म्सको प्रस्तुतीमा निर्माण भएको सिनेमालाई पुस्कर भट्टराईले निर्देशन गरेका हुन् । सिनेमामा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

सिनेमामा हिमाल केसीको द्धन्द्व , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । ‘गुनगुन’को सेप्टेम्बर ३० मा अस्ट्रेलियामा वर्ल्ड प्रिमियर गरिने कलाकार तथा निर्देशक पुस्कर भट्टराईले बताए ।