‘गुनगुन’को अफिसियल पोस्टर रिलिज

‘गुनगुन’को अफिसियल पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – कार्तिक ३० मा रिलिज हुने ‘गुनगुन’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाको मुख्य पात्रहरुलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ । पोस्टर सार्वजनिक गर्दै सिनेमाले आफ्नो प्रचार प्रसारलाई अगाडी बढाएको छ ।सिनेमामा प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको निर्देशक पुकार भट्टाराईले बताए । पुराना कलाकार पुकारले यसै सिनेमा मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको सिनेमामा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

सिनेमामा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । प्रेम कथामा आधारित यस सिनेमालाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन ।