भ्यालेन्टाइनमै रणवीर र आलियाको ‘गली व्वाय’ !

भ्यालेन्टाइनमै रणवीर र आलियाको ‘गली व्वाय’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रणवीर सिंह र आलिया भट्ट स्टारर सिनेमा ‘गली व्वाय’ आगामी वर्षको भ्यालेन्टाइनमा रिलिज हुने भएको छ ।

निर्माण टिमले रणवीर र आलियाको फस्टलुक रिलिज गर्दै सिनेमाको रिलिज डेट पनि सार्वजनिक गरेको हो । अब यो सिनेमा २०१९ को फेब्रुअरी १४ मा रिलिज हुनेछ ।

मुम्बईको चाल्समा बस्ने स्ट्रिट र्यापरको कथामा निर्मित ‘गली व्वाय’लाई जोया अख्तरले निर्देशन गरेकी हुन् । जोयाले यसअघि ‘लक बाई चान्स’, ‘जिन्दगी ना मिलेगी दोवारा’, ‘बम्बै टाकिज’ र ‘दिल धड़कने दो’ जस्ता सिनेमा निर्देशन गरिसकेकी छन् ।

यस सिनेमाको निर्मातामा अभिनेता फरहान अख्तर र रितेश सिधवानी रहेका छन् ।

मुम्बईको गलीमा के गर्दैछन् रणवीर र आलिया ?