‘गोर्खे’को लोक फ्लेवर ‘सिन्की अचार’ रिलिज (भिडियो)

‘गोर्खे’को लोक फ्लेवर ‘सिन्की अचार’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयाँ नेपाली सिनेमा ‘गोर्खे’को गीत सार्वजनिक गरिएको छ । ‘सिन्की अचार….’ बोलको लोक फ्लेवरको गीतमा सिनेमाका मुख्य कलाकार रविन्द्र प्रताप सेन र अञ्जली अधिकारीलाई फिचर्ड गरिएको छ । रिलिज डेट फाइनल नगरिएको सार्वजनिक गीतमा नग्वा फिन्जो पाख्रिनको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र आर सी रिमालको स्वर छ ।

सन्तोष ढकाल निर्देशित सिनेमामा रविन्द्र प्रताप सेन र अञ्जली अधिकारीका अलवा अर्जुन गुरुङ, अश्मी लामा, अष्मिता श्रेष्ठ (रानी), एन्जल श्रेष्ठ, सरो तामाङ, सुजन थापा मगर, बलदीप राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । सिनेमाका प्रस्तुतकर्ता हरि लामा हुन् । तिर्थ कोजु र हरि थापा निर्मातामा छन् ।

कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई निराज कँडेलले खिचेका हुन् । शिव विकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन रहेको सिनेमाले साहसी गोर्खालीको कथा वाचन गर्नेछ । सिनेमालाई यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमले गरिरहेको छ ।