‘गोपी’ पोस्टरमा गाई पाल्ने किसान बने विपिन

‘गोपी’ पोस्टरमा गाई पाल्ने किसान बने विपिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गते रिलिज हुने सिनेमा ‘गोपी’को पोस्टर सार्वजनिक गरिएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनलाई स्थान दिइएको छ । भने एउटा पोस्टरमा मात्र सिनेमाका मुख्य दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ । आरोही केसीको निमार्ण र दीपेन्द्र लामाको निर्देशन रहेको ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ ।

विपिनको सडक दुर्घटनाका कारण सिनेमाको पोस्टर निर्धारित समयभन्दा पछाडि रिलिज गरिएको हो । विपिनलाई यसै हप्ता गाईफार्ममा लगेर फोटो सुट गरिएपछि मात्र पोस्टर तयार पार्न सकिएको निर्देशक लामाले बताए । उनले भने, पोस्टरको कलर कम्बिनेसन र कलाकारहरुको भाव मलाई चित्त बुझेको छ ।

सिनेमामा विपिन, सुरक्षा र वर्षाका अलवा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतले पनि अभिनय गरेका छन् ।आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सिनेमामाा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै सिनेमाका कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । सिनेमामा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतमा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले संगीत भरेका छन् ।