‘गोपी’मा विपिन र वर्षाको इन्ट्री, बाहिरिए खगेन्द्र !

‘गोपी’मा विपिन र वर्षाको इन्ट्री, बाहिरिए खगेन्द्र !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र १ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा ‘गोपी’बाट मुख्य अभिनेता खगेन्द्र लामिछाने बाहिरीएका छन् । अब ‘गोपी’मा खगेन्द्रको ठाँउ अर्का अभिनेता विपिन कार्कीले लिएका छन् । मंगलबार काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमामा विपिन कार्की भित्रिएको औपचारिक जानकारी निर्माण टिमले गराएको छ ।

खगेन्द्र सिनेमाबाट बाहिरिए पछि विपिनले रातारात सिनेमाको कथा सुनेर ‘गोपी’ साइन गरेका हुन् । ‘गोपी’का निर्देशक दीपेन्द्र लामाले खगेन्द्र आपसी सहमतीमै टिमबाट बाहिरिएको बताए । उनले भने सिनेमाको स्किृप्टमा खगेन्द्रको ठुलो योगदान छ । तर अन्तिममा आएर उहाँले केहि कारणले सिनेमा गर्न सक्नु भएन ।

यस्तै, चलचित्रमा सोमबार मात्र भित्रिएका कलाकार विपिन कार्कीले भने–‘सिनेमाको कथावस्तु पढेपछि म तयार भएको हुँ । सिनेमाका लागि मैले ६ दिन तयारीको समय मागेको हुँ ।’ नायिका बर्षा राउतले आफूलाई कथावस्तु मन परेकाले काम गरेको बताइन् । नायिका बर्षा सिवाकोटीले सिनेमामा आफ्नो भूमिका छोटो भएर काम नगरेको बताएपनि राउतले भने भूमिका निकै राम्रो रहेको सुनाइन् । उनले, आफ्नो र बर्षाविच कुनै नराम्रो सम्बन्ध भने नरहेको बताइन् । नायिका सुरक्षा पन्तले बर्षा राउत भित्रिएपछि ग्ल्यामर र कलाकार भित्रिएको बताइन् । उनले, बर्षा सिवाकोटीले चलचित्रको टिमसँग सल्लाहा नगरेर गल्ती गरेको बताइन् ।कार्यकारी निर्माता श्रीधर पौडेलले आफूले स्क्रिप्ट र निर्देशकमाथि विश्वास गरेर लगानी गरेको बताए । ‘कलाकार परिवर्तन हुनु ठूलो कुरा होइन र मैले यो कलाकार भए मात्र लगानी गर्छु भनेको छैन’ उनले भने, ‘स्क्रिप्ट र निर्देशकमाथि मलाई पूरा विश्वास छ ।’

आरोही केसी निर्माता रहेको ‘गोपी’ फिल्मका गीतमा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने छ भने विप्लव प्रतीक र बुद्धिसागरले गीत लेखेका छन् । चैत १५ गते रिलिज गर्ने तयारी भइरहेको यस सिनेमामा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।