‘गोजीमा दाम छैन’ हिट भएपछि निर्माताको संगीतकारलाई ५० हजार उपहार !

‘गोजीमा दाम छैन’ हिट भएपछि निर्माताको संगीतकारलाई ५० हजार उपहार !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – माधव वाग्ले र दिपेन्द्र के खनालको टिमले निमार्ण गरेको सिनेमा ‘चंङ्गा चेट’मा समावेश ‘गोजीमा दाम छैन…’ बोलको गीतले एक करोड पचास लाख भ्युज बटुल्न सफल भएको छ । अहिले यो गीत बजारमा सर्वाधिक हिट छ । बच्चा देखि बुढाबुढीको मुखमा ‘गोजीमा दाम छैन..’ गीत झुन्डिएको छ । गीत हिट भएका कारण सिनेमाले पनि दर्शकमाझ राम्रो हाइप पाएको छ ।यहि गीतले युट्युबमा एक करोड पचास लाख भ्युज पाएको अवसरमा आज निर्माण टिमल काठमाडौंमा पत्रकारमाझ केक काटेर सेलिब्रेसन गरेको छ । गीतले छोटो समयमा पाएको यो सफलताले निर्माण टिम दंग छ । काठमाण्डौमा आयोजित कार्यक्रममा सिनेमाका मुख्य कलाकारद्धय परमिता आर एल राणा र सुरक्षा पन्तको साथमा निर्देशक दीपेन्द्र के खनाल, निर्माताद्धय माधव वाग्ले र शर्मिला पाण्डे, संगीतकार राजनराज सिवाकोटी लगायतले केक काटे ।

कार्यक्रममा निर्माता निर्माता वाग्लेले संगीतकार राजनराज सिवाकोटीलाई ५० हजारको चेक समेत हस्तान्तरण गरेका थिए । उनले भने – ‘गीतले एक करोड बढी भ्यूज पाएको खण्डमा उपहार दिन्छु भनेको थिएँ । सोही अनुसार उपहार दिएको हुँ । यो उहाँको पारिश्रमिक होइन ।’‘चंङ्गा चेट’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री अपर्ण थापा, माओत्से गुरुङ, पुष्कर गुरुङ लगयतका कलाकारको मुख्य भूमिका छ । कात्तिक १६ गतेबाट रिलिज हुने सिनेमाले डार्क कमेडी कथामा गम्भिर बिषयलाई उठान गरेको छ ।