अमेरिकामा आर्यन र केकी उत्कृष्ट, अनमोल ‘स्टार अफ द ईयर’ घोषित

अमेरिकामा आर्यन र केकी उत्कृष्ट, अनमोल ‘स्टार अफ द ईयर’ घोषित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ‘दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकास्थित कोलोराडोको डेनभर शहरमा सोमबार सम्पन्न भएको छ । समारोहमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारी उत्कृष्ट घोषित भए ।

त्यस्तै अभिनेता अनमोल केसीले ‘स्टार अफ दि ईयर’को अवार्ड हात पारे । ‘छक्का पन्जा’बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड उचाल्दा ‘छक्का पन्जा’नै उत्कृष्ट सिनेमा घोषित भयो ।

यस्तै, सह-अभिनेताको अवार्ड ‘छक्का पन्जा’बाट जितु नेपाल ‘मुन्द्रे’ले प्राप्त गर्दा सहारा कार्कीले ‘दर्पण छायाँ २’बाट उक्त विधामा महिला तर्फको अवार्ड हात पारिन । अभिनेता रवीन्द्र खड्का, कलाकार मुकुन्द किशोर भट्टराई, निर्देशक/लेखक राजेन्द्र सलभ, निर्देशक नारायण पुरी, गायिका निलम श्रेष्ठ, फोटोग्राफर राजीब श्रेष्ठ र कलाकार कृष्ण मुरारी ढुंगेल स्पेशल अवार्डबाट सम्मानित भए ।

अवार्डमा वरिष्ठ कलाकार टीका पहारीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो भने नायक अर्जुनजंग शाही र सुवर्ण क्षेत्री एचिभमेन्ट अवार्डबाट सम्मानित भए ।